इनरुवा । सुनसरीको इनरुवामा नेपाल वैश्य युवा संघ प्रदेश नम्बर–१ कार्यसमितिको आयोजनामा आउँदो शनिवार बृहत गोष्ठि तथा शुभदिपावली एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपाल वैश्य युवा संघले कार्तिक १३ गते शनिबारका वैश्य जातिको सम्मेलनको आयोजना इनरुवामा गर्ने भएको हो । इनरुवामा हुने बृहत गोष्ठीमा पाँच हजार भन्दा बढीको सहभागिता रहने समेत आयोजकले जनाएको छ । सुनसरीका वैश्य समुदायहरुलाई कार्तिक महिनामा हुन लागेको जनगणनामा ३६ वटा जातिहरुलाई एउटै कलष्टरमा राख्नुपर्ने माग गर्दै बृहत गोष्ठिको आयोजना गर्न लागेको हो ।

नेपाल वैश्य युवा संघले ब्राह्मण,क्षेत्री लगायतका जातहरुलाई जनगणनामा समावेश गरिएकोले वैश्य समुदायलाई पनि एउटै कलष्टरमा समावेश गरी जनगणना गर्नुपर्ने मागलाई अघि सारेको छ । सुनसरीमा वैश्य समुदायको पहिचानको लागि र यथार्थ जनगण्नना पता लगाउनका लागि वैश्यलाई जनगणनामा कायम गर्नुपर्ने माग राखेका हुन् ।
राष्ट्रिय पहिचान, जातिय स्वाभिमान, वैश्य वर्गको समग्र विकास र आत्मसम्मान रक्षाको लागि वैश्य जाति एकजुट होऔं भन्ने मुल नाराका साथ कार्तिक महिनमा सुरु हुन लागेको २०७८ जनगणनामा वैश्य जातिलाई एउटै कलष्टरमा समावेशमा गर्नुपर्ने सरकारसँग माग गरेको छ ।

राष्ट्रिय जनगणना २०६८ मा नेपाल सरकारको केन्द्रीय तथ्याङ्क विभागले १ सय २५ जाती र १ सय २३ भाषा सुचिकृत गरिएकोले नेपालमा वैश्य समुदायको ३६ वटा जाति भएपनि राज्यको रेकर्डमा १३ वटा जातिमात्र उल्लेख भएकोले यस महिनामा सुरु हुन लागेको जनगणनामा एउटै कलष्टरमा राखी सुचिकृत गर्न सरकारलाई अनुरोध गरिएको छ ।

नेपालमा वैश्य समुदायको ४५ लाख भन्दा बढी जनसंख्या रहेको र उनीहरुको मुख्य पेशा नै व्यापार भएकोले मुलुकलाई अर्थतन्त्रमा सहयोग पुगाउँदै आएकोले वैश्य समुदायलाई एउटै कलष्टरमा सुचिकृत गर्नुपर्ने नेपाल वैश्य युवा संघले माग गरेको छ ।
नेपाल सरकारले यही कार्तिक २५ गतेदेखी मंसिर ९ गतेसम्म हुने मुख्य जनगणनामा वैश्य समुदायले आफनो नाम र थरको पछाडी वैश्य लेखाउन र वैश्य कलष्टर निर्माण गर्न नेपाल वैश्य युवा संघ प्रदेश नम्बर–१ कार्यसमितिले सबैलाई अनुरोध गरेको छ ।

सो कार्यक्रममा संघीय सांसद,प्रदेश सांसद, नगर प्रमुख, उपप्रमुख, पालिका अध्यक्ष, राजनितिदलका नेताहरु, जातिय संघसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरु एवं भारतका वरिष्ठ नेताहरुको सहभागिता हुने नेपाल वैश्य युवा संघ सुनसरीका इन्चार्ज त्रिलोकनाथ गुप्ताले जनाएको छ ।