मोरङ । उर्लाबारी-३ मगलबारेमा रहेको सुकपकुवा स्वावलम्बी वचत तथा ऋण सहकारी सस्थाको चुनावी साधारण सभामा हेमचन्द्र थापाले अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।

दुई कार्याकाल उपाध्यक्ष पदमा रही अनुभव समेटी सकेका थापाको अध्यक्ष्य पदमा उम्मेद्वारी परेसगै उनको उम्मेद्वारीलाई निकै महत्वपुणर् रुपमा लिइएको छ ।

संस्थाको विकास र आर्थिक प्रणाली लाई व्यावस्थीत गर्न थापाको सस्थामा उल्लेखेनिय योगदान सेयर सदस्यहरको भनाई छ ।

उनी सस्थाको स्थापना कालदेखि नै शेयर सदस्य रहेर संस्थागत विकासमा लागिरहेका एक सहकारी अभियान्ता हुन् ।

थापा सँगै डिल्ली सापकोटा र विश्वनाथ ढुङ्गानाले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् ।

सस्थाको यहि कार्तीक १३ गते चुनावि साधारण सभा उर्लावारी २ स्थित  सुनपकुवा माविको प्राङ्गणमा हुने तय भएको छ ।