सुनसरी : पूर्वेली साहित्यिक मञ्च वराहक्षेत्रले आगामी १ सय १३ औँ लक्ष्मी जयन्तीको अवसरमा १ नम्बर प्रदेश स्तरीय कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । पहिलो पटक १ सय ११ औँ लक्ष्मी जयन्तीका अवसरमा गरिएको प्रतियोगिताको दोस्रो संस्करणका रूपमा आगामी कात्तिक १८ मा गने तयारीमा भइरहेको आयोजकले जानकारी दिएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसरमा स्थापनाकालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको लक्ष्मी जयन्ती विशेष कार्यक्रम गत वर्ष विश्वभर महामारीका रूपमा फैलिएको कोरना भाइरसले गर्दा गर्न नसकिएको र हाल आगामी कात्तिक १८ गते वराहक्षेत्र नगरपालिका गर्ने तयारी गरिएको आयोजकले बताएको छ ।
कात्तिक २ गतेदेखि कात्तिक १२ गतेसम्म प्रतियोगिताका लागि कविता पठाउन सकिने संस्थाका उपाध्यक्ष जीवन सापकोटाले जानकारी दिए ।
प्रतियोगितामा प्रदेश एक भरीबाट प्राप्त भएका कविताहरू मध्येबाट उत्कृष्ट २० कविता वाचनका लागि छानिने छन् । छानिएका कविता मध्य उत्कृष्ट ४ लाई पुरस्कृत गरिनेछु मञ्चका अध्यक्ष सन्तोष चौलागाईंले सप्तकोसी अनलाइनलाई जानकारी दिए ।
तियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना हुने कविहरूलाई क्रमशः नगद रु। १० हजार ५ हजार २ हजार र १ हजार सहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष चौलागाईंले जानकारी गराए ।





















