रामधुनी ः सोमवार देखि परेको अविरल वर्षाका कारण रामधुनी ३ डुबानमा परेको छ । दचकिचा खोलामा आएको बाढिका कारण रामधुनी ३ को सिङिया खन्डमा पर्ने राधाकृष्ण टोल, मिलीजुली टोल र समावेशी टोल विकास गरी ५० घर डुबानमा परेको हो ।
वर्षाका कारण रामधुनीका विभिन्न स्थानका सयै घर डुबानमा परेका छन् भने रामधुनी ७ को पन्चाइन इलाका चौकी समेत डुबानमा परेका छ ।
रामधुनीको मात्र नभइ सुनसरीकै अधिकांश भूभागहरू जलमग्न बनेका छन् भने शयनै घरहरू समेत डुबानमा परेका छन् । नरोकी लगातार परेको पानीले किसानहरूलाई ठुलो मार्कामा पारेको छ ।
दसैँ सकिएर थन्काउन लागेको धान खेत बगरमा परिणत भएपछि कृषकहरू मार्कामा परेका हुन । स्थानीय खोलाहरूमा आएको बाढीका कारण अहिले कोसी राजमार्ग अवरुद्ध बनेको छ ।
तरहराको पानीपियामा आएको बाढीले घरहरू सँगै मानिसहरू पनि डुबानमा परेपछि उनीहरूको तत्काल उद्धार कालागि नेपाली सेना र प्रहरी परिचालन गरिएको छ भने पानीको सतह बढेर सोझै मुख्य राजमार्गबाट बग्न थालेको छ ।
बाढीबाट थप क्षति हुन नदिन इटहरीको अधिकांश क्षेत्रहरूमा स्थानीयहरूको उद्धार कालागि नेपाली सेना र प्रहरीहरू परिचालन गरिएको छ ।




















