इटहरी । इटहरीमा केहि दिन यता भइरहेको बजार अनुगमनको बिषय अहिले बिवादमा तानिएको छ । अरूबेला मौन बसेर उपमहानगरले चाडपर्वको बेला मात्रै बजार अनुगमन गरेको भन्दै उपभोक्ता देखि व्यवसायीहरूले बिरोध गर्दै आएका छन ।
उपमहानगरको अनुगमन समितिले केहि दिन यता बजार अनुगमनलाइ तिब्रता दिदै आएको छ । समितिले केहि दिन यता इटहरीमा सञ्चालन भएका मासु पसलहरू अनुगमन गर्दै आएको हाे ।
उपभोक्ताहरूले चाडपर्वको बेला मात्रै नभएर अन्य दिनमा पनि बजार अनुगमन गर्नुपर्ने सुझाव दिएका छन । बर्षभरी चै केहि गर्नुछैन जब चाडपर्व आयो अनि अनुगमन भनेर ब्यवसायी तर्साउन खोजेको मासु किन्न आएका उपभोक्ता बिरेन्द्र कुमार राइले बताए ।
त्यस्तै मासु किन्न भनि आएकि दिलकुमारी राइले पनि चाडपर्वको मुखमा यसरी अनुगमन गर्दा त्यति प्रभावकारी नहुने र मासु पसलमा मात्र नभइ खाद्यन्न , फलफुल लता कपडा, किराना पसलहरूमा पनि अनुगमन गर्नुपर्ने बताइन । यता अनुगमनकै क्रममा इटहरीका मासु ब्यवसायीहरूले आफुखुशी मासुको मुल्य बढाएर बिक्री गरेको पाइएको छ ।
अघिल्लो दिन सम्म प्रति किलो रू ९५० मा बिक्री हुदै आएको खशिको मासु आइतबार देखि लागु हुनेगरी प्रतिकिलो रू ११०० बनाएर बिक्री गरेको पाइएपछि अनुगमन समितिकि संयोजक उपमेयर लक्ष्मी गौतमले मुल्य तोकेर टास गरिएको पर्चा च्यातेकि थिइन । चाडपर्वको मुखमा मनपरी मुल्य बृद्धि नगर्न र बढाइएको मुल्यमा मासु खरिद नगर्न उपमेयर गौतमले उपभोक्ताहरूलाइ सुझाव दिएकि थिइन । अनुगमनकै क्रममा पिके पोल्ट्रि फर्मले मरेको कुखुरा बिक्री गर्न लागेको अवस्थामा बरामदगरेको थियो ।
यता अनसगमन समितिको संयोजक उपमहानगरकि उपप्रमुख लक्ष्मी गौतमले चाडपर्वकै मुखमा धेरै जसो लापर्वाहि हुने भएकोले नै बजार अनुगमनलाइ तिब्रता दिइएको बताइन । र यो चाडपर्वको बेला मात्र नभइ अन्य समयमा पनि निरन्तर रहने बताइन ।




















