उर्लाबारी । मोरङको दोस्रो ठुलो सहर उर्लाबारीबाट नया व्यावस्थापनका साथ संचालनमा आउन लागेको होटल ग्राण्डको उद्घाटनमा लोकप्रिय गायक प्रमोख खरेल र चर्चित नव गायिका रचना रिमाल आउने भएका छन् ।

 होटललाई युवा व्यावसायी केशव भट्टराईले नया नाम र नया व्यावस्थापनका साथमा संचालनमा ल्याउने तयारी भएको जानकारी दिएका छन् । पारीवारीक र खुल्ला वातावरणमा रमाउन चाहनेहरुका लागि होटल ग्राण्ड एक अव्वल गनतव्य हुने उनको भनाई छ  

नयाँ ब्यवस्थापनले सञ्चालनमा ल्याएको होटल ग्राण्डको असोज २५ गते फुलपातीका दिन बाट संचालनमा आउन लागेको हो । सो अवसरमा नेपालकै लोकप्रिय गायक प्रमोद खरेल र चर्चित नव गायिका रचना रिमालले प्रस्तुति दिने भएका छन् । होटल उद्घाटनको पहिलो दिन २६ गते गायिका रचना रिमाल र २७ गते गायक प्रमोद खरेलको प्रस्तुति हुने छ ।

थकाली खानासहित पूर्वमा बस्नका लागि उपयुक्त स्थान होटल ग्राण्ड बन्ने सञ्चालकको दाबी छ । उर्जाशिल युवाहरुको समूहले नयाँ ब्यवस्थापनसहित होटल ग्राण्ड सञ्चालनको तयारी गरिरहेका छन् । टिकटकलगायत आगन्तुक ग्राहकहरुले आकर्षक गार्डेन, ब्याटमिन्टन कोर्टसमेत तयार पारिएको छ । कार्यक्रमका लागि सेमिनार हललगायतको ब्यवस्था छ ।