काठमाडौं । पछिल्लो समयकी चर्चित लाइभ दोहोरी गायिका कल्पना दहाल गायन विधामा प्रथम राष्ट्रिय काँठे लोक दोहोरी अवार्ड २०७८ हात पार्न सफल भएकी छन ।

    मनोरञ्जनघरको प्रस्तुति सुनाखरी मल्टिमिडियाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय काँठे लोक दोहोरी अवार्ड २०७८मा लाइभ दोहोरी गायन विधामा मनोनयनमा परेका अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै कल्पनाले उत्कृष्ट लाइभ दोहोरी गायिका अर्वाड हात पारेकी हुन ।

  लाइभ दोहोरी गायनका क्रममा शब्द चयन र विपक्षीलाई हासीहासी प्रहार गर्न सिपालु कल्पनाको गायन शैली दर्शक स्रोतामा लोकप्रिय रहेको छ । त्यसैले पनि भोटिगंमा अत्याधिक दर्शक ,स्रोताको माया पाउन सफल भएर कल्पनाले अवार्ड हात पारेकी हुन । लाइभ दोहोरीका साथै पछिल्लो समय कल्पनाका अन्य गितहरु समेत दर्शक ,स्रोताको रोजाई पर्न थालेका छन । गायनका साथै आफुहरुले गायका गितमा  अभियन गरेर समेत कल्पनाले दर्शक स्रोताहरुका मन जित्दै आएकी छन ।244389334_221279013246035_9058697843993076105_n 1

    पुर्व प्रधानमन्त्री पुष्पकमल दहालको प्रमुख आतिथ्यतामा भएको अवार्ड वितरण कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी दहालले गित संगित रुचाउने मान्छे भएका कारण अरु कार्यक्रम छोडेर अवार्ड वितरणमा आएको वताए ।  कार्यक्रमका अध्यक्ष तथा  आयोजक सुनाखरी मल्टिमिडियाका सञ्चालक माधव थापाले अवार्ड कार्यक्रम आफुले सोचे भन्दा भव्यताका साथ सम्पन्न भएको भन्दै आगामी दिनमा पनि निरन्तरता दिने वताए । जुरी र भोटका आधारमा नतिजा सार्वजनिक गरिएको समेत सो अवसरमा जानकारी गराइयो । कलाकारहरुले प्राप्त गरेको भोट डिजिटल प्रविधिवाट सोही कार्यक्रममा सार्वजनिक समेत गरिएको थियो । 

कलाक्षेत्रसंग सम्वन्धीत २६ विधामा अवार्ड वितरण गरिएको थियो भने लाइफ टाइम अचिप्मेन्ट अवार्डबाट वरिष्ट कलाकार जयनन्द लामालाई सम्मान गरियो । सोही कार्यक्रममा इन्द्रेणी फाउण्डेशनले काठे लोक संगितको संरक्षण र समाज सेवाका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै इन्द्रेणी फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेल र व्यवस्थापिका प्रतिमा कंडेललाई समेत सम्मान गरिएको थियो । अवार्ड वितरण कार्यक्रममा विभिन्न विधाका कलाकारहरुको सहभागिता रहेको थियो ।