धरान : ग्राहकको अधिक माग एवं विजय दशमी, शुभ दीपावली र छठ पर्वको अवसरमा धरानमा बजाज एक्सचेन्ज एन्ड अपग्रेड महामेला सञ्चालन हुने भएको छ ।

नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल एवं लोकप्रिय ब्रान्ड बजाजको धरानका लागि आधिकारिक विक्रेता अर्विन एन्ड ब्रदर्श अटोले आज पत्रकार सम्मेलनको आयोजना गरी महामेलाको बारेमा जानकारी दिएको हो ।

असोज १७ गते देखि २३ गते सम्म धरानमा रहेको अर्विन एन्ड ब्रदर्श अटोको आफ्नै सो रुममा हुने महामेलामा पुरानो मोटरसाइकलको अधिक मूल्याङ्कन बजार मूल्य भन्दा १० हजार थप मूल्याङ्कन, शून्य प्रतिशत ब्याजदरमा सरल फाइनान्सको सुविधा, नगद तथा एक्सचेन्जबाट खरिद गर्ने ग्राहकहरूले १० हजार देखि १० लाख सम्म नगद जित्न सक्ने पत्रकार सम्मेलनमा अर्विन एन्ड ब्रोदर्स अटोका सञ्चालक अर्विन तामाङले जानकारी दिए ।

महामेलामा हरेक खरिदकर्ताले हेलमेट र ले गार्ड निःशुल्क प्राप्त गर्नेछन् । ग्राहकले ३० प्रतिशत डाउन पेमेन्टबाट १३ प्रतिशत व्याजमा दुई बर्षे र ५० प्रतिशत पेमेन्ट गरे शून्य प्रतिशत व्याजमा १८ महिनाको किस्तामा समेत मोटरसाइकल खरिद गर्न सक्नेछन् ।

यस भन्दा अघि मोटरसाइकल खरिद गर्नेले मात्रै स्क्र्याच अफर पाउँदै आएकोमा यस पटक मोटरसाइकल खरिद नगरी पनि स्क्र्याच गर्न पाउनेछन् । स्क्र्याच गर्दा परेको नगद भने मोटरसाइकल खरिद गरेमा मात्रै ग्राहकले पाउने बताइएको छ ।

हरेक महिना स्क्र्याच अफरका ग्राहकहरूलाई देशभरीबाट बम्पर उपहार अन्तर्गत मासिक रुपमा एक जनाले १० लाख रुपैयाँ पाउने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।