इटहरी । हिन्दु नेपालीहरूको महान पर्व बडा दशै तथा दिपावली नजिकिएसंगै नेपाली बजारहरूमा दशै किनमेल एवम कारोबार न्युन देखिएको छ । दशैको मुखैमा खाद्यन्न लगायत उपभोग्य बस्तुको मुल्य दोब्बर बृद्धि भएपछि नेपाली बजारमा कारोबार गर्ने उपभोक्ताहरू संख्या दैनिक घटदै गएको पाइएको छ ।

दशैले आगन टेक्न सुरू गरिरहदा छिमेकि राष्ट्र भारतको जोग्वनीमा भने ब्यापारिहरू मालामाल बनेका छन । दोश्रो भेरियन्ट सहितको कोरोना संक्रमणका कारण लामो समय देखि ठप्प बनेको जोग्वनी नाका गएको १५ दिन यता खुल्ला भएसंगै किनमेल गर्ने नेपाली उपभोक्ताहरूको घुइचो लागेको हो ।

  नाका खुले लगत्तै सुनसरी , मोरङ , झापा ,धनकुटा बाट खाद्यन्न् लगायत लता कपडा किन्ने उपभोक्ताहरूको घुइचो लाग्ने गरेको पाइएको छ ।  जोग्वनि मात्र नभइ सुनसरी र मोरङ संग जोडिएका भारतीय नाका हुदै त्यहाका बजार छिर्ने नेपाली उपभोक्ताहरूको लर्काे लाग्ने गरेको पाइएको छ ।

बडा दशैकै बेला सुनसरीको धरान , इटहरी , इनरूवा जस्ता बिकशित शहरहहरूमा खाद्यन्न ,लत्ता कपडा र उपभोग्य सामग्रिहरूको मुल्य दोब्बर बढेपछि अहिले सस्तो सामानको खोजिमा भारतको जोग्वनी सम्म पुगेर खरिद गर्ने नेपाली उपभोक्ताहरूको घुइचो लागेको हो ।

बिगतको वर्षहरूमा दशैको बेला लता कपडा किन्ने उपभोक्ताहरूको घुइचो लाग्ने धरान , इटहरी ,इनरूवा लगायतका बजारहरूमा अहिले सुक्खाराम लागेपछि नेपाली ब्यवसायिहरू निराश बनेका छन। लामो समय कोरोनाको त्रासले ठप्प बनेको नेपाली बजार  दशैको समयमा आश लाग्दो कारोबार हुने गरेको थियो ।

कोरोनाको त्रास कम भएसंगै बजारहरू खुलेपनि आश लाग्दो कारोबार भने नभएको इटहरीका ब्यवसायिहरूको भनाइ छ । इटहरी हङकङ मार्केटका कपडा ब्यवसायिहरू यो वर्ष दशै लागेको या नलागेको केहि फरक नरेको बताउछन । बिगतको वर्ष मात्रै राम्रो आम्दानी भएको कपडाबाट यो वर्ष कारोवार भएको तर आश गरेजति नभएको फेन्सी पसलका पिताम्बर श्रेष्ठ बताउछन ।  

 त्यसतै नेपाली बजारमा आवस्यकिय खाद्यन्नको मुल्य दशैकै बेला आकाशिएपछि सस्तो खोज्दै भारतीय बजार जोग्वनि पुग्ने नेपाली उपभोक्ताहरूको घुइचो लाग्ने गरेको छ ।  नेपाली बजारमा चिनिको मुल्य पशलै पिच्छे प्रति किलो ७० देखि ८५ रूपैया सम्म कायम छ तर सोहि चिनिको मुल्य जोग्वनिमा ५८ रूपैया कायम गरिएको छ । सबै सामानहरूमा बिशेष छुट र दशै अफर राखेपछि नेपालीहरू आफ्नै भुमिमा सञ्चालन भएका बजार छाडेर भारतिय बजार प्रवेश गर्ने गरेका हुन ।

नेपाली बजारमा सामान छुइ नसक्ने गरी भाउ बढेकोले खाद्यन्न र दशैको लुगा किन्न जोग्वनी आउनुपरेको इटहरीकि सुनिता श्रेष्ठ बताउछिन । त्यस्तै इटहरी २० तरहराकि हेमा निरौला चिनि किन्नकै लागि भएपनि आफु जोग्वनी बजार आएको बताउछिन । तरहरामा प्रतिकिलो चिनिको मुल्य रू ८० रूपैया छ भने जोग्वनिमा प्रतिकिलो ५८ रूपैयाले कारोबार हुने गरेको बताउछिन ।

समयको बचत संगै पैसा पनि जोगिने भएकाले धेरै जसो उपभोक्ताहरू दशै लगायत अन्य समयमा भारतको बजारहरू घुम्ने र किनमेल गर्न आउने गरेका छन । त्यस्तै किनमेल गर्न पुगेका उपभोक्ताहरूलाइ सिमामा कुनै अवरोध नहुदा जोग्वनि लगायत सिमा क्षेत्रका भारतीय बजारहरू  अहिले मालामाल बनिने गरेको छ । 

यता यस बिषयमा मोरङका  प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल संग सम्पर्क गर्दा उनले जोग्वनि नाका खुलाइएपनि सवारी साधनहरूको लागि भने बन्द नै रहेको बताए । उनले नाकामा देखिएको भिडलाइ नियन्त्रण गर्न चाडै नै उपयुक्त योजना बन्ने बताए । नाका नियमित चेकजाच र कोभिडको जोखिमलाइ मध्यनजर गर्दै स्वास्थ्य सतर्कता अपनाउन  अनिवार्य मास्क प्रयोग गर्न लगाइएको पनि बताए ।