उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रालय १ न प्रदेश विराटनगर ,वन निर्देशनालय धरानको आयोजनामा डिभिजन वन कार्यालयका निर्देशकहरु साथै प्रतिनिधि र सरोकारवालाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रालय १ न प्रदेशका माननीय मन्त्री लछुमण तिवारीले संघीय सरकारले वन सम्बन्धि नियमावली निर्माण नगरेकाले प्रदेशलाई नियमावली बनाएर समस्या हल गर्न बाधा भएको बताउनुभयो । कानुन जनताको पक्षमा निर्माण हुनुपर्ने र व्यवहारिक हुनुपर्ने भन्दै कार्यक्रममा सहभागी सरोकारवालाले दिनु भएको सुझावलाई आधार मानेर समुदायस्तरलाई ध्यानमा राखेर प्रदेशले कानुन निर्माणमा काम गर्ने बताउनुभयो । त्यस्तै बिकास निर्माण र बन बाताबरण अन्तरसम्बन्धित भएकोले उचित नितिको आबश्यकता रहेकोमा जोड दिनु भयो । नेपालको बन क्षेत्र राज्यको आम्दानीको प्रमुख स्रोत भएकाले भोलिको पुस्ता लाई बन बाताबरण उचित अबस्थामा जोगाइ राख्न आबश्यक भएको प्रती उहाँले जोड दिनुभयो ।
पहिलो र दोस्रो गरि दुई चरणमा सन्चालन भएको कार्यक्रमको पहिलो चरणमा सहभागी बन अधिकृतहरुले पर्याप्त जनशक्ति र नितिगत अन्योलका कारण प्रभावकारी काम हुन नसकेको गुनासो गरे भने दोस्रो चरणमा सहभागी बन सग सम्बन्धित सरोकारवालाले बन पैदावर निकासी पैठारी र बिकासमा नितिगत अस्पष्टता रहेकोमा दुख ब्यक्त गरेका छन ।






















