इटहरी / नेपाल युवा उद्यमी मञ्च सुनसरी शाखाले मोटर र्याली तथा क्याम्पिङ कार्यक्रम अयोजना गरेको  छ । पूर्वी नेपालको पर्यटन क्षेत्रलाइ  प्रवद्धन गर्ने मुख्य उदेश्यका साथ युवा उद्यमी मञ्च सुनसरी शाखाले  इटहरी देखी गुफा पोखरीसम्मको मोटरर्याली तथा क्याम्पिङको र्याली अयोजना गरेको हो । कोभिडका कारण सुस्ताएको पूर्वी नेपालको पर्यटन प्रवद्धन गर्ने  मुख्य उदेश्यका साथ आयोजना गरिने उक्त र्याली सुनसरीको इटहरीबाट सुरू भइ धरान, भेडेटार, धनकुटा, हिले, बसन्तपुर, तीनजुरे, चौकी , मंगलबारे हुँदै गुफापोखरी सम्म रहने युवा उद्यमी मञ्च र्यालीका कार्यक्रम संयोजक सिनेट रिजालले बताउनु भयो  । कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश १ का माननीय मन्त्री लछुमन तिवारीले उक्त कार्यक्रममा सहभागी हुर्दै प्रदेशमा रहेका महत्वपुणर् ठाउँहरुको पहिचान पर्यटनको आकर्षण गर्न सहयोग पुर्याउने बताउनु भएको छ ।  यस नेपाल युवा उद्यमी मञ्च सुनसरीले आयोजना गरेको यस्तो खालको कार्यक्रम तथा र्यालीले गर्दा प्रदेशको पर्यटन तथा त्यस ठाउँको प्रचार प्रसारणमा समेत सहयोग पुग्ने देखिन्छ ।

1

11