मोरङ । मोरङको उर्लाबारी स्थित उद्योग वाणिज्य सघको भदौ ३१ हुने चुनावी सभामा अध्यक्ष पदका प्रत्यायसी तारामान सिरेङले स्थानिय व्यापारीको सुरक्षा र हक हित स्थापित गर्न बलिदानी दिनु परे पनि पछि नहट्ने अठान लिएका छन् ।

लोकतान्त्रिक प्यानलको नेतृत्व गर्दै अध्यक्ष पदमा उम्मेद्वारी दिएका सिरेङले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उलर्ाबारीमा युवाहरु माझ परिचित सिरेङले यस अघि पनि उद्योग वाणिज्य सघमा नेतृत्व सम्मालि सेकेका छन् । सोही क्रममा उनले युवा व्यावसायीहरुको मनमा माझ आफ्नो सहयोगी भावका कारण डेरा जमाएका थिए ।

साना देखी ठुला व्यावसायीहरुको दुःख कष्ट र समाजमा सकरात्मक विचार धारा प्रवाह गर्ने युवा भएका कारण पनि उनको चुनावी मैदानमा  प्रगतिशिल प्यानलका अध्यक्ष शेरबहादुर भण्डारीको भन्दा लोकप्रियता उचो रहेको स्थानिय एक व्यापारीले बताए ।उर्लाबारीमा स्थापित हाक्की र स्पष्ट वक्ताका रुपमा युवाहरु माझ आफ्नो परिचय बनाएका युवा व्यावसायी सिरेङले उम्मेद्वार बनेसगै व्यापारीहरुमाझ उनको लोकप्रियाता झनै बढेर गएको छ । 

निडर, हक्की स्वभाव भएका सिरेङको अध्यक्ष पदमा उम्मेद्वारी परे सगै यतिवेला सामाजिक सजाल, चिया पसल, र व्यापारीहरुको विचमा सिरेङको विकल्प नभएको चर्चा हुन थालेको छ ।

सबै व्यापारी र गैह्रव्यापारीका प्रिय पात्र रहेका सहयोगी परोपकारी मन भएका सिरेङको सहयोगि परोपकारी र भेदभाव रहित व्यावहारकै कारण उनको पक्षमा लोकप्रिय मत खस्ने स्थानिय व्यापारीहरुको भनाई छ । 

सधैँ अरुको पिडामा सहयोगका लागि लागिपर्ने सिरेङले अध्यक्ष पदमा भण्डारीलाई १ सय भन्दा ठुलो मतान्तरले हराउने स्थानीय एक व्यापारीको दावि छ ।

साना देखी ठुला व्यावसायीहरुलाई परेका हरेक समस्यालाई समान दृष्टिले हेर्दै व्यापारिको हक हित र शुरक्षाको पक्षमा डटेर अग्रपंक्तिमा उभिने उनको स्वाभाव भएकै कारण पनि अध्यक्ष पदमा सिरेङको विकल्प नभएको स्थानिय एक व्यापारीको भनाई छ ।

सिरेङलाई बजारमा सवैका साझा उम्मेद्वारका रुपमा हेरिएको छ । उनको सरल स्वाभाव सहयोगी भाव र परोपकारी सोचका कारण नै सिरेङका प्रतिस्पर्धी शेरबहादुर भण्डारीको भन्दा सिरेङकै पल्ला भारी भएको बजारमा चर्चा छ ।

लोकतान्त्रिक प्यानलको तर्फबाट अध्यक्षमा तारामान सेरेङ, बरिष्ठ उपाध्यक्षमा दिलु श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा निरु चौहान, उद्योग उपाध्यक्षमा रामप्रसाद धिमाल (बागाई), महासचिबमा हेमराज गुरुङ, उद्योग सचिबमा पूणर् सिंगक लिम्बू, बाणिज्य सचिबमा भेषबन्धु निरौला र कोषाध्यक्षमा कृष्ण गिरीलाई उम्मेद्वार बनाएको छ ।

त्यस्तै, सदस्यहरुमा नविन श्रेष्ठ, भीम घिमिरे, बेचन यादब, युवाहाङ तुम्वाहाम्फे र राजकुमार श्रेष्ठलाई उम्मेद्वार बनाइएको छ । त्यस्तै, लेखा समिति संयोजकमा गणेश खत्री, सदस्यहरुमा रोशन घिमिरे र विकास राई उम्मेद्वार रहेका छन् ।