पथरी ।  कूल १४५८सय मत गणनाको पछिल्लो नतिजा अनुसार अध्यक्षमा धनकुमार तामाङले ७३८ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संस्थापनका दिपक बस्नेत भन्दा ५२ बढी मतले विजय हासिल गरेका हुन् । संघका निवर्तमान अध्यक्ष दीपक बस्नेतले ६८६ मत हासिल गरेका थिए ।

विस्तृत जानकारी तल उल्लेख गरिएको छ :-
अध्यक्ष
धनकुमार तामाङ- ७३८ बिजयी
दिपक बस्नेत- ६८६
बरिष्ठ उपाध्यक्ष
ओमप्रसाद लिम्बु- ५६३
यादव दुलाल- ७६१ बिजयी
उपाध्यक्ष
रविन राई-५९४
आशा राई-७५५ बिजयी
महासचिव
राजेन्द्र बस्नेत-७६० बिजयी
अशोक साम्पाङ-५८७
बाणिज्य सचिव
खेमनाथ ढुङ्गेल – ४५३
ईश्वरी सापकोटा-५५७ बिजयी
टुङकुमार श्रेष्ठ स्वतन्त्र -२७१
उद्योग सचिव
प्रेम प्रसाद सुवेदी-६७० बिजयी
मानबहादुर श्रेष्ठ-६४५
कोषाध्यक्ष
बिजयजंग बस्नेत-७६२ बिजयी
उद्दवराज बस्नेत-५४०
खुल्ला सदस्य (४ जना)
पृथ्विआले मगर-५१२
बलिदान चेम्जोङ-५७१
तुलसी लुनीया-६११ बिजयी
इन्द्रबहादुर राई-६५६ बिजयी
निलम बस्नेत-७२१ बिजयी
हरिराज प्याकुरेल-६०३ बिजयी
दुर्गाराज खत्री-४३१
खेमराज निरौला-४२८
महिला सदस्य (२ जना)
मुना पाण्डे-४१३
जुनी थपलिया-६७७ बिजयी
देवि राई-८६१ बिजयी
मिता राई-५२५
लेखा संयोजक
चन्द्र प्रसाद सापकोटा-५११
कृष्णप्रसाद भट्टराई – ७२५ बिजयी
लेखा सदस्य (२ जना)
प्रदिप पराजुली-६८७ बिजयी
सन्तविर विश्वकर्मा-४६२
कृष्ण बहादुर श्रेष्ठ -५७१
एल्सन बास्तोला-६४० बिजयी

यसैबिच ,अध्यक्ष पदमा निर्वाचित धन कुमार तामाङले व्यावसायीको मन जितेर अगाडि बढ्ने बताउनुभयो।

मंगलबार विहान १० बजेदेखि सुरु भएको मतगणनाको अन्तिम परिणाम मध्ये राति पंञ्चायत माविका प्राचार्य अर्जुन बुढाथोकीको संयोजकत्वको निर्वाचन समितिले सार्वजनिक गरेको थियो ।

नतिजा सार्वजनिक भएपछि आयोजित विजय उत्सवको अवसरमा विजयी संघका नवनिर्वाचित अध्यक्ष धनबहादुर तामाङले पथरिशनिश्चरे नगरक्षेत्रभित्र उधोग, व्यवसायी र व्यापारीहरूको थुप्रै समस्याहरू रहेका र तिनलाई आफ्नो कार्य कालमा बोलेर भन्दा पनि गरेर सेवा सहयोग गर्न तयार रहेको बताएका थिए ।

सोहि क्रममा उनले आफूलाई अमुल्य मत दिएर निर्वाचित गर्नुहुने सबैलाई धन्यवाद समेत दिएका थिए ।