पथरी । धनकुमार तामाङ नेतृत्वको साझा प्यानलका तर्फबाट महासचिव पदमा उम्मेद्वार बनेका राजेन्द्र बस्नेतको विकल्प नभएको स्थानिय व्यापारीहरुले बताएका छन् ।

पथरीमा स्थापित हाक्की र स्पष्ट वक्ताका रुपमा युवाहरु माझ आफ्नो परिचय बनाएका युवा व्यावसायी राजेन्द्र बस्नेतले उम्मेद्वार बनेसगै व्यापारीहरुमाझ उनको लोकप्रियाता झनै बढेर गएको छ । बस्नेत निवर्तमान कोषाध्यक्ष पनि हुन् । 

भदौै २८ गतेका लागि तय भएको पथरी उद्योग वाणिज्य सघको १८ औ चुनावी सभामा यति बेला सस्थापन पक्षबाट निर्वतमान अध्यक्ष दिपक बस्नेत नेतृत्वको प्यानल र धनकुमार तामाङ नेतृत्वको साझा प्यानल चुनावी दौरानमा रहेको छ ।

सस्थापन पक्षका तर्फ बाट निर्वमान महासचिव अशोक साङपाङ राईले महासचिव पदमा उम्मेद्वारी दिएका छन् भने निवर्तमान कोषाध्यक्ष बस्नेतले महासचिव पदमा उम्मेद्वारी दिएका छन् ।

निडर, हक्की स्वभाव भएका बस्नेतको महासचिव पदमा उम्मेद्वारी परे सगै यतिवेला सामाजिक सजाल, चिया पसल, र व्यापारीहरुको विचमा बस्नेतको विकल्प नभएको चर्चा हुन थालेको छ ।

सबै व्यापारी र गैह्रव्यापारीका प्रिय पात्र रहेका सहयोगी परोपकारी मन भएका बस्नेतको आर्थिक पारदर्शिताकै कारण बस्नेत माथी कुनैपनि आलोचनाका औलाहरु उठ्न सकेका छैन् । 

२०६६ सालदेखि महालक्ष्मी सुनचाँदी पसल तथा मनिट्रान्सफर सेवा सञ्चालन गरिरहेका छन् । १० लाख लगानी गरेका बस्नेतले अहिले आफ्नै पसलमा करोड माथीको कारोबार गरिरहेका छन् । 

सामाजिक रुपमा स्थापित बस्नेतले २८ वर्षको उमेर देखि नै व्यापार व्यावसाय सुरु गरेका हुन् । २०७१ साल देखि बस्नेतले मोरङकै लेटाङमा पनि शाखा खोलेर व्यावसाय सञ्चालन गरिरहेका छन् । 

२०६४ देखि २०७२ सम्म ८ वर्ष नगरकै सिंहबाहिनी माविमा अध्यापन पेशा समेत अंगालेका बस्नेतले समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका बस्नेत व्यावसायिक क्षेत्रमा मात्र नभएर अन्य सामाजिक सघ-सस्थामा पनि त्यतिकै सक्रिय रहेका छन् ।

बस्नेत पथरी जेसिजका पूर्व अध्यक्ष (२०१६), लायन्स क्लव अफ योङहर्टका पूर्व अध्यक्ष (२०१९-२०२०) र नेपाल जेसिज जनसम्पर्क अधिकारी (पि.आर.ओ) २०२१ समेत भएका सफलता पूर्वक जिम्मेवारी पुरा गरे बस्नेतले । 

साना व्यापारीको समस्यामा सधै साथ रहने बस्नेतले पथरीमा रहेको शान्ति मार्केटका व्यावसायीको उचित व्यवस्थापनमा सहयोग गरेका बस्नेतले स्थानीय सरकारसंग पनि निरन्तर गरिरहेको बताए ।

यस्तै पथरीकी व्यावसायी रिना बस्नेतको रहस्यमय मृत्यु प्रकरणमा वाणिज्य संघका कोही पदाधिकारी चुइक्क नबोलेको अवस्थामा बस्नेत एक्लै सडक संघर्षमा होमिएका थिए । 

यतिमात्रै हैन् बारा पर्सामा आएको हुण्डरीका कारण घरबार बिहिन भएकाहरुको पिडामा मलम पट्टि लगायन पनि बस्नेतले वाणिज्य संघको तर्फबाट नेतृत्व गरेका थिए ।

सबै व्यापारी र गैह्रव्यापारीका प्रिय पात्र रहेका सहयोगी परोपकारी मन भएका बस्नेतको आर्थिक पारदर्शिताकै कारण बस्नेत माथी कुनैपनि आलोचनाका औलाहरु उठ्न सकेका छैन् । 

सधैँ अरुको पिडामा सहयोगका लागि लागिपर्ने बस्नेतले महासचिवमा अत्याधिक बुहमतले जित्न सक्ने स्थानीय व्यापारीहरु बताउछन् ।

साना देखी ठुला व्यावसायीहरुलाई परेका हरेक समस्यालाई समान दृष्टिले हेर्दै व्यापारिको हक हित र शुरक्षाको पक्षमा डटेर अग्रपंक्तिमा उभिने उनको स्वाभाव भएकै कारण पनि १८ औँ चु्नावी सभामा महासचिव पदमा बस्नेत बाहेक अन्य विकल्प नभएको स्थानिय एक व्यापारीको भनाई छ ।

बस्नेतलाई बजारमा सवैका साझा उम्मेद्वारका रुपमा हेरिएको छ । उनको सरल स्वाभाव सहयोगी भाव र परोपकारी सोचका काराण नै बस्नेतका प्रतिस्पर्धी अशोक कुमार राईको भन्दा बस्नेतकै पल्ला भारी भएको बजारमा चर्चा छ ।