पथरी । मोरङको पथरी उद्योग वाणिज्य संघको १८ औँ चुनावी सभाले यतिवेला पथरी शनिश्चरेका व्यावसायीहरुलाई छपक्कै छोपेको  चुनावी प्रतिस्पर्धामा निवर्तमान अध्यक्ष दिपक बस्नेतको प्यानल  र साझा गठबन्धनको धनकुमार तामाङ नेतृत्वको गरेको प्यानल स्थानिय व्यावसायीहरु सग भोट मागि रहेका छन् ।

हाल चुनावी मैदानमा जित आफ्नो पक्षमा पार्न सघर्ष गरिरहेका दुवै उम्मेद्वारले व्यापार सघलाई अध्यक्षको भुमिकामा रहि एक-एक कार्यकाल पुरा गरिसकेको हुनाले पनि यति बेला बजारमा उनिहरुले अघिल्लो कार्यकालमा गरेका व्यापारीक न्याय सम्पादनको मुल्याङकन लाई महत्वपूणर् रुपमा हेरिएको छ ।

दुवै प्यानलले व्यावसायीको हक, हित र व्यावासायिक सुरक्षाका प्रत्याभुति गराउने प्रतिवद्धताका साथ आफ्नो नेतृत्वको उम्मेद्वारहरुलाई विजयी गराउन अपिल गरिरहेको अवस्थामा स्थानिय व्यावसायीहरु भने अहिले दुवैलाई तराजुमा राखेर उम्मेद्वारहरुको कार्यशैली, शिष्टता र व्यावसायिक हितका लागि उनिहरुले गरेका कार्यहरुलाई तौली रहेका छन् । 

भाद्र २८ गते हुने चुनावी सभाले नै आउदो ३ वर्षका लागि नेतृत्व चयन गर्ने भएका कारण पथरीमा पछिल्लो समय खस्कीदै गएको व्यापारलाई कस्तो नेतृत्वले उचो बनाउन सक्ला भन्ने महत्वपूणर् निणर्य लिने समय आएको छ यतिबेला पथरीशनिश्चरेका व्यापारीहरुलाई । 

हाल १ हजार ५ सय ८६ मतादाता रहेको व्यापार सघले अवको नेतृत्व विबेकपूणर् ढंगबाट चुन्नु पर्ने बेला आएको छ ।  तामाङ नेतृत्वमा रहेको साझा समुहका उम्मेद्वारहरुले आफ्नो चुनावी प्रचार प्रसार तिब्र पारेको छ । यस पटक निवर्तमान अध्यक्ष दिपक बस्नेतको प्यानलन भन्दा तामाङ नेतृत्वको प्यानको पल्ला भारी भएको व्यापारीहरुको भनाइ छ ।

तामाङको नेतृत्व शैली, कार्यसम्पाद, शिष्टता, व्यापारीको दःख पिडामा अहोरात्र खटिने सरल र सहज व्याबहारकै कारण बस्नेतको भन्दा तुलानात्मक रुपमा व्यापारीहरु माझ तामाङको लोकप्रियता भएको स्थानिय व्यावसायीहरुले ठम्मयाई छ । साविक मोरङको राजघाटमा जन्मिएका धनकुमार तामाङ ८ वर्षको उमेर देखि पथरी बजारमा बस्दै आएका स्थानीय व्यावसायी हुन् । 

स्थानीय व्यावसायीहरुलाई पिरमर्का परेका बेला सधैं साथ सहयोग गरिरहने धनकुमार कार्यसमितिमा नरहँदा पनि उत्तिकै सहयोगी भूमिका निर्वाह गरिरहेका छन् ।  साना देखि ठुला उद्योगी व्यावसायीका मन मनमा बस्न सफल तामाङ अहिले १८ औँ चुनावी सभामा आफ्नो अध्यक्ष पदका लागि भोट मागिरहेका छन् ।

तामाङ नेतृत्वको साझा प्यानलको नारा नै ‘‘पुराना योजनाको निरन्तरता, नयाँ योजनालाई प्राथमिकता’’ रहेको छ । पथरी, शनिश्चरे, हसन्दह लगायतका अधिकांश व्यावसायीहरुले तामाङको नेतृत्वमा रहेको प्यानलले नै निर्वाचन जित्ने आंकलन गरिरहेका छन् । 

तामाङ निर्वाचित हुनु भन्दा आगाडी (२०७१) सम्म मोरङ व्यापार संघमा मात्रै दर्ता भएको पथरी उद्योग वाणिज्य संघलाई आफ्नो लगभग ३ वर्ष ६ महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता गराएर कानुनी मान्यता प्रदान गराउन सफल भएको तामाङ बताउछन् ।

निर्वाचित भएपछि तामाङले गरेका कार्यहरुः-

- अव्यवस्थित रुपमा रहेको भवनको व्यवस्थापन गरी अफिसका लागि चाहिने आवश्यक फर्निचर तथा सोफा सेटहरुको व्यवस्थापन 

- पथरी बजारको शौन्दर्य लाई नै अस्त व्यस्त पारिरहेको फोहोरलाई व्यवस्थापन गर्न तत्कालिन कार्यकारी अधिकृत महेन्द्र ख्यामयाङसंगको सहकार्यमा फोहोरको उचित व्यवस्थापन गर्ने व्यवस्था ।

- तात्कालिन समयमा देश अस्थीर राजनैतिक बाताबरणमा चलिरहेका बेला राजनैतिक खिचातानी र दैनिकजसो बन्द हड्ताल भइरहेको अवस्थामा पथरीलाई बन्द मुक्त शहर बनाउन अग्रपंक्तिमा रहेर नेतृत्व सहित पहल ।

- दैनिक रुपमा हुने चन्दा आतङ्क रोक्न मुख्य भूमिका खेले ।

- पथरी बजारलाई सुरक्षित बनाउनका लागि ३ स्थानमा ६ वटा सिसि क्यामेरा जडान ।

- दुर्घटनामा परेका स्थानीय व्यावसायीहरुको लागि न्याय माग्न इलाका प्रशासन र सम्बन्धित निकायमा दिनहुँजसो धाइरहे ।

 वाणिज्य संघको नयाँ भवन निर्माणका गर्न हनुमान चौकमा १२ धुर जग्गा २४ लाखमा खरिदका लागि ३ लाख रुपैँया बैना समेत गरेको थियो । पछि बस्नेत नेतृत्वको समितिले सो जग्गा छाडेर नयाँ स्थानमा जग्गा खरिद गरेर भवन निर्माण थालेको छ । 

वाणिज्य संघको सर्वाधिक चर्चामा रहेको पथरीकी फेन्सी पसल सञ्चालक रिना बस्नेत मृत्यु प्रकरणमा वाणिज्य संघ चुइक्क बोलेन, त्यतिबेला अहिले अध्यक्ष पद ताकिरहेका दिपक बस्नेत अध्यक्ष थिए तर तामाङ सहितका युवाहरुले निरन्तर आवाज उठाए ।

वाणिज्य सघमा एक कार्यकाल नेतृत्व तहमा रहेर काम गर्दा पथरीका व्यावसायीहरुका प्रिय बनेका तामाङले पुनः अध्यक्ष पदमा उम्मेद्वारी दिएपछि यति बेला पथरीका व्यापारीहरु धन कुमार तामाङ नै पथरी उद्योग वाणिज्य सघ र व्यापारीहरुको उम्दा अध्यक्ष पदका उम्मेद्वार रहेको प्रतिक्रिया दिइरहेका छन् ।

उनि भन्छन् साना देखी ठुला सवै व्यापारीलाई समस्या पर्दा भेदभाव नगरी समान दृष्टिले मध्यरातको समय नभनी अहोरात्र खटिने धनकुमार फेरी पनि आउनु स्थानिय व्यापारीहरुको लागि खुसीको कुरा हो ।