पथरी, मोरङको पथरी उद्योग वाणिज्य संघको १८ औँ चुनावी सभाले यतिवेला पथरी शनिश्चरेका व्यावसायीहरुलाई छपक्कै छोपेको ।किसानलाई असारमा धान रोप्दा मंसीरमा कस्तो बाला लाग्दा भन्ने ध्याउन्न् भए झै यतिबेला पथरीका व्यापारीहरुलाई पनि किसानले बाली लगाउने बेलाको सोचमग्न अवस्था झै बनाएको छ, उद्योग वाणिज्य सघको चुनावी माहोलले ।

यस पटकको चुनावी प्रतिस्पर्धामा निवर्तमान अध्यक्ष दिपक बस्नेतको प्यानल  र साझा गठबन्धनको धनकुमार तामाङ नेतृत्वको गरेको प्यानल स्थानिय व्यावसायीहरु सग भोट मागि रहेका छन् ।

दुवै प्यानलले व्यावसायीको हक, हित र व्यावासायिक सुरक्षाका प्रत्याभुति गराउने प्रतिवद्धताका साथ आफ्नो नेतृत्वको उम्मेद्वारहरुलाई विजयी गराउन अपिल गरिरहेको अवस्थामा स्थानिय व्यावसायीहरु भने अहिले दुवैलाई तराजुमा राखेर उम्मेद्वारहरुको कार्यशैली, शिष्टता र व्यावसायिक हितका लागि उनिहरुले गरेका कार्यहरुलाई तौली रहेका छन् ।

हाल चुनावी मैदानमा जित आफ्नो पक्षमा पार्न सघर्ष गरिरहेका दुवै उम्मेद्वारले व्यापार सघलाई अध्यक्षको भुमिकामा रहि एक-एक कार्यकाल पुरा गरिसकेको हुनाले पनि यति बेला बजारमा उनिहरुले अघिल्लो कार्यकालमा गरेका व्यापारीक न्याय सम्पादनको मुल्याङकन लाई महत्वपूणर् रुपमा हेरिएको छ 

भाद्र २८ गते हुने चुनावी सभाले नै आउदो ३ वर्षका लागि नेतृत्व चयन गर्ने भएका कारण पथरीमा पछिल्लो समय खस्कीदै गएको व्यापारलाई कस्तो नेतृत्वले उचो बनाउन सक्ला भन्ने महत्वपूणर् निणर्य लिने समय आएको छ यतिबेला पथरीशनिश्चरेका व्यापारीहरुलाई । 

हाल १ हजार ५ सय ८६ मतादाता रहेको व्यापार सघले अवको नेतृत्व विबेकपूणर् ढंगबाट चुन्नु पर्ने बेला आएको छ । यसै क्रममा एक-एक कार्यकाल अध्यक्ष पद समहाली सकेका पथरीका स्थापित व्यावसायी धनकुमार तामाङको नेतृत्वमा साझा समुह र निर्वतमान कार्यसमिति अध्यक्षको नेतृत्वमा अर्को समुह रहेको छ ।

तामाङ नेतृत्वमा रहेको साझा समुहका उम्मेद्वारहरुले आफ्नो चुनावी प्रचार प्रसार तिब्र पारेका छन् । यस पटक तामाङ नेतृत्वको प्यानल नै उद्योग वाणिज्य संघमा निर्वाचित हुने स्थानीय व्यावसायीहरुले बताइरहेका छन् ।

साविक मोरङको राजघाटमा जन्मिएका धनकुमार तामाङ ८ वर्षको उमेर देखि पथरी बजारमा बस्दै आएका स्थानीय व्यावसायी हुन् । 

२०५६ सालदेखि नै पथरीमा पसल व्यावसाय सुरु गरेर व्याबसायिक यात्राको थालनी गरेका तामाङले कस्मेटिक्स, रेडिमेट कपडा पसल, कोल्डस्टोर लगायतका पसल व्यावसाय सचालन गरे ।

प्रतिक्षा कस्मेटिक्स पसल अहिले पनि पथरीमा तामाङले सञ्चालन गरिरहेका छन् । यति मात्रै हैन् तामाङले थ्री स्टार होटल पनि ३ वर्षसम्म सञ्चालन गरे ।

तामाङले २०४९ सालबाट मोरङ बस यातायात संघको सदस्य, सह-सचिव हुदै २०६४ सालदेखि हालसम्म पनि अध्यक्ष पदमा रहेर सेवा गरिरहेका छन् । 

मोरङ बस यतिबेला पूर्वी मोरङ यातायात प्रा.लि. को नामबाट सञ्चालित छ । सामाजिक रुपमा अग्रणी भूमिका खेल्ने तामाङले २०५० सालमा क्षितिज एकता मञ्चको गठन गरी एक कार्यकाल अध्यक्ष पदमा रहेर सेवा गरे । 

क्षितिज एकता मञ्चले पथरीमा रहेका छाडा चौपायहरु नियन्त्रण गर्ने, पथरी आसपासमा रहेको फोहोरको डङ्गुरलाई व्यवस्थापन गर्ने र सुन्दर सफा पथरी बनाउने काममा मुख्य भूमिका खेल्यो, जस्को नेतृत्व तामाङले गरेका थिए ।

तामाङको अध्यक्षतामा बिशाल बचत तथा ऋण सहकारी संस्था पनि सञ्चालनमा रहेको छ । 

पथरी स्पोर्टिङले आयोजना गरेको, पथरीको शानको रुपमा हेरिएको पथरी गोल्डकप २०७० र २०७१ पनि तामाङको नेतृत्वमा सम्पन्न भएको थियो । त्यसपछि हालसम्म पनि पथरी गोल्डकपको आयोजना हुन सकेको छैन् । २०५१ सालमा नै पथरीमा पहिलो पटक तामाङको नेतृत्वमा महिला फुटबल खेल सम्पन्न गरेका थिए । 

तामाङ निर्वाचित हुनु भन्दा आगाडी (२०७१) सम्म मोरङ व्यापार संघमा मात्रै दर्ता भएको पथरी उद्योग वाणिज्य संघलाई आफ्नो लगभग ३ वर्ष ६ महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता गराएर कानुनी मान्यता प्रदान गराउन सफल भएको तामाङ बताउछन् ।

                                                                  निर्वाचित भएपछि तामाङले गरेका कार्यहरुः-

- अव्यवस्थित रुपमा रहेको भवनको व्यवस्थापन गरी अफिसका लागि चाहिने आवश्यक फर्निचर तथा सोफा सेटहरुको व्यवस्थापन ।

- पथरी बजारको शौन्दर्य लाई नै अस्त व्यस्त पारिरहेको फोहोरलाई व्यवस्थापन गर्न तत्कालिन कार्यकारी अधिकृत महेन्द्र ख्यामयाङसंगको सहकार्यमा फोहोरको उचित व्यवस्थापन गर्ने व्यवस्था ।

- तात्कालिन समयमा देश अस्थीर राजनैतिक बाताबरणमा चलिरहेका बेला राजनैतिक खिचातानी र दैनिकजसो बन्द हड्ताल भइरहेको अवस्थामा पथरीलाई बन्द मुक्त शहर बनाउन अग्रपंक्तिमा रहेर नेतृत्व सहित पहल ।

- दैनिक रुपमा हुने चन्दा आतङ्क रोक्न मुख्य भूमिका खेले ।

- पथरी बजारलाई सुरक्षित बनाउनका लागि ३ स्थानमा ६ वटा सिसि क्यामेरा जडान ।

- दुर्घटनामा परेका स्थानीय व्यावसायीहरुको लागि न्याय माग्न इलाका प्रशासन र सम्बन्धित निकायमा दिनहुँजसो धाइरहे ।

 वाणिज्य संघको नयाँ भवन निर्माणका गर्न हनुमान चौकमा १२ धुर जग्गा २४ लाखमा खरिदका लागि ३ लाख रुपैँया बैना समेत गरेको थियो । पछि बस्नेत नेतृत्वको समितिले सो जग्गा छाडेर नयाँ स्थानमा जग्गा खरिद गरेर भवन निर्माण थालेको छ । 

वाणिज्य संघको सर्वाधिक चर्चामा रहेको पथरीकी फेन्सी पसल सञ्चालक रिना बस्नेत मृत्यु प्रकरणमा वाणिज्य संघ चुइक्क बोलेन, त्यतिबेला अहिले अध्यक्ष पद ताकिरहेका दिपक बस्नेत अध्यक्ष थिए तर तामाङ सहितका युवाहरुले निरन्तर आवाज उठाए ।

वाणिज्य सघमा एक कार्यकाल नेतृत्व तहमा रहेर काम गर्दा पथरीका व्यावसायीहरुका प्रिय बनेका तामाङले पुनः अध्यक्ष पदमा उम्मेद्वारी दिएपछि यति बेला पथरीका व्यापारीहरु धन कुमार तामाङ नै पथरी उद्योग वाणिज्य सघ र व्यापारीहरुको उम्दा अध्यक्ष पदका उम्मेद्वार रहेको प्रतिक्रिया दिइरहेका छन् ।

उनि भन्छन् साना देखी ठुला सवै व्यापारीलाई समस्या पर्दा भेदभाव नगरी समान दृष्टिले मध्यरातको समय नभनी अहोरात्र खटिने धनकुमार फेरी पनि आउनु स्थानिय व्यापारीहरुको लागि खुसीको कुरा हो ।

                                                   धनकुमार तामाङ नेतृत्वको साझा प्यानलको प्रतिवद्धताः-

- साँझ पर्नासाथ बन्द हुँदै आएको पथरी बजार सुरक्षा प्रत्याभूति सहित राति ८ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाउने ।

- सडक बत्तीहरुको जडान गरी उज्यालो पथरी बनाउन पहल गर्ने ।

- बजार क्षेत्रमा सिसि क्यामेरा जडान गर्ने ।

- सेल (बिशेस छुट सहितको) बजार लगाउन पहल गर्ने ।

- पुराना योजनालाई निरन्तरता दिदै नयाँ योजना अघि सार्ने ।

- नयाँ प्रविधिका बारेमा व्यावसायीलाई तालिम दिएर घरबाटै कर तिर्ने व्यवस्था मिलाउने ।

- सरसफाई तथा फोहोर व्यवस्थापनमा पालिकाहरुसंग समन्वय गर्ने ।

- व्यावसायीको हितमा काम गर्ने ।

- घर बहालको समस्या हल गर्ने ।

- पर्यापर्यटनलाई अझै व्यवस्थित गरी पथरीको व्यापारमा बृद्धि गर्ने ।

- साना व्यावसायीको हितका लागि सदैव सहयोगी भूमिका खेल्ने ।

- मुख्य सडकहरु (पथरी-ज्यामिरे, पथरी-डायनीया) सुधार गरेर बजार प्रवद्र्धन गर्न समन्वय गर्ने ।

स्थानीय व्यावसायीहरुलाई पिरमर्का परेका बेला सधैं साथ सहयोग गरिरहने धनकुमार कार्यसमितिमा नरहँदा पनि उत्तिकै सहयोगी भूमिका निर्वाह गरिरहेका छन् । 

साना देखि ठुला उद्योगी व्यावसायीका मन मनमा बस्न सफल तामाङ अहिले १८ औँ चुनावी सभामा आफ्नो अध्यक्ष पदका लागि भोट मागिरहेका छन् । तामाङ नेतृत्वको साझा प्यानलको नारा नै ‘‘पुराना योजनाको निरन्तरता, नयाँ योजनालाई प्राथमिकता’’ रहेको छ । पथरी, शनिश्चरे, हसन्दह लगायतका अधिकांश व्यावसायीहरुले तामाङको नेतृत्वमा रहेको प्यानलले नै निर्वाचन जित्ने आंकलन गरिरहेका छन् ।