पथरी । पथरी शनिश्चरेमा युवा व्यावसायिहरु माझ सफल व्यावसायीको रुपमा उभ्याउदै लोकप्रियता हासिल गरेको एउटा नाम हो, विजय जङ बस्नेत ।

२०७२ सालबाट व्यावसायिक यात्रा थालनी गरेका गरेका बस्नेतले ६ वर्षको आफ्नो व्यावसायीक यात्राको क्रममा पथरीमा आफुलाई स्थापित गराउन सफल भएका छन् ।

२४ वर्षको अल्लारे उमेर बाटै व्यावसायीक जिम्मेवारी वोध गर्दै कडा मेहनती मिलनसार स्वाभवकै कारण ६ वर्षको यात्रामा पथरीका युवाहरुमाझ सफल व्यावसायिको रुपमा उभ्याउन सक्षम भए ।

पथरीमै जन्मीहुर्की पथरीको माटो, हावापानी र रहनसहन सग लुकामारी खेल्दै हुर्केका बस्नेतलाई २०७२ सालमा बैदेशिक रोजगारीमा अष्टे्रलिया जाने अवसर मिल्यो ।

तर यहाको हावापानी र माटोधुलो सग गहिरो प्रेम भएका कारण उनले अष्टे्रलिया त्यागेर आफ्नो जन्म भुमीमा केही गर्ने अठोटका साथ व्यावसायमा लाग्ने  निणर्य गरे ।

व्यावसायमा लागेर आफ्नै स्थानमा केही गर्ने सोच राख्दा उनी भर्खर २४ वर्षका थिए । २४ वर्षको अल्लारे उमेरमै उनले सुनचादी व्यावासय सचालन गर्ने निणर्य गरे र अष्टे्रलिया जान लाग्ने रकमलाई व्यावसायमा लगानी गरी व्यापारीक यात्रा सुरु गरे ।

अष्टे्रलिया जान लाग्ने २५ लाख रुपैयालाई तारा टे्रडर्स तथा सुनचादी व्यावसायमा लगानी गरेर कारोबार थालेका उनले ६ वर्षको यात्रामा आर्थिक समृद्धिको पाटोमा अष्टे्रलियामा कमाई हुने भन्दा राम्रो पैसा यही आर्जन गरी युवा व्यावसायी र युवाहरु माझ उत्साह र उत्प्रेरणाको विम्व बन्न सफल भए ।

६ वर्षको व्यावसायिक यात्रामा उनले आर्थिक उर्पाजनको पाटोलाई मात्रै हेरेनन् सो सग सगै उनले समाजप्रतिको जिम्मेवारीलाई पनि आत्मसाथ गरे । सामाजिक गतिविधिमा आफुलाई सक्रिय र सहयोगि युवाको पंक्तिमा अग्रभागमा राखेर सामाजिक दायित्व पुरा गर्ने युवा व्यावसायी पनि बने । 

साना देखी ठुला व्यावसायी र गैह्रव्यावसायी सवैलाई परेको दुःख कष्टमा भेदभाव नगरी उनिहरुको हितका लागि खुला हृदयले सहयोग गर्दै परोपकारी र सहयोगी युवा व्यावसायीको अर्को परिचय पनि समाजमा स्थापित गराउन सफल भए ।

पथरीमा सवै युवाहरु माझ लोकप्रिय मिजासीलो, सरल र सहयोगी स्वाभावले चिनिने बस्नेतले सुनचादी व्यावसायमा सफलता हात पारेपछि व्यावसायको दायरालाई बढाउदै रियल स्टेडको कारोबारलाई अगाडी बढाए । हाल उनि खप्तडी रियल स्टेड कम्पनीका मालिक  रहेका छन् । 

यस्तै विगत १ वर्ष देखी पथरीकै इतिहास बोकेको अन्नपूणर् माध्यमिक विद्यालयमा पनि लगानी गर्दै आफुलाई सेवाको व्यावसायमा पनि आवद्ध गराएका छन् ।

आफ्नो मिजासिलो स्वभावका कारण सवै माझ लोकप्रिय छावि बनाएका वस्नेतले पथरी उद्योग वाणिज्य सघमा धनकुमार तामाङ नेतृत्वको साझा प्यानलको तर्फबाट कोषाध्यक्ष पदमा उम्मेद्वार बनेका छन् ।

बस्नेतले यस अघि १७ औ चुनावी सभामा सदस्य पदमा उम्मेद्वारी दिएका थिए सो वेला उनी झिनो मतान्तरले पराजित भए , तर व्यापार सघ प्रतिको उनको लगाव र झुकावलाई सो पराजयले विचलित गराउन सकेन । 

पराजयको तितो पनलाई मेटाउदै उनले व्यावसायिक प्रवद्र्धन र व्यापार सघको  विकासकालागि खटिनै रहे ।

चुनावी मैदानमा पराजय भोगेका बस्नेतले आफुलाई थप क्रियाशिल र शशक्त रुपमा अगाडी बढाउदै सघको आजिवन सदस्य भए र हाल निर्माणधिन अवस्थामा रहेको व्यापार सघको भवन निर्माण समितिको आर्थिक संकलन समितिमा बसेर काम गरे । जुन निर्माण सम्पन्न् हुने चरणमा रहेको छ ।

पथरीका युवामा आफूलाई सामाजिक, आर्थिक र नैतिक हिसावले अग्रपंत्तिमा उभ्याउन सफल बस्नेत अहिले उद्योगी, व्यापारी, व्यवसायीहरुसँग मत माग्नमा व्यस्त छन् । 

पथरीमा व्यापार सघको चुनावलाई मिनी स्थानिय तहको निर्वाचनका रुपमा हेरीदै आएको छ । स्थानिय तहको झल्को दिने व्यापार सघको चुनावी दौडमा रहेका उम्मेद्वारहरु यतिवेला मत माग्न व्यापारीको पसल र व्यावसायिक केन्द्रमा पुगिरहेका छन् । 

यसैक्रममा पथरी शनिश्चरे-१ का युवा व्यवसायी विजयजङ बसनेतको चर्चा  भने राम्रौ चुलिएको छ । सामाजिक सञ्जाल, चोक, चिया पसल जताततै यति बेला बस्नतेकै चर्चा रहेको एक व्यावसायीले बताए ।

उनले भने बस्नेत व्यावासयीक क्षेत्र र सामाजिक सेवामा राम्रो सम्भावना र सदभाव बोकेको युवा भएकाले उनले जित्नैपर्ने उनको भनाई छ । 

२०४८ सालमा पथरीमा जन्मीएका  बस्नेतले २०७२ सालमा विकास र समृद्धिले उचो भएको देश अष्टे्रलिया जाने सुनौलो अवसर त्यागेर आफ्नै भुमीमा केही गर्छु भन्ने उदेश्य बोकी सुनचादी व्यावसाय बाट व्यावसायिक यात्राको जग बसाले । 

त्यसपछि उनले रियल स्टेड हुदै शैक्षिक क्षेत्र सम्मको व्यावसायिक यात्राको अनुभव सगाल्दै आएका छन् ।

६ वर्षको व्यावसायिक यात्रामा बस्नेतले बैमानी गरेको गुनासो कहिकतै बाट आएको छैन् । सवैलाई समान दृष्टिले हेर्ने र आर्थिक कारोबारमा पारदर्शी भएका कारण अहिले सम्म उनिमाथी आलोचनाको औलो सोझिन नसकेको स्थानिय एक व्यापारीले बताए । 

व्यापारीहरुको समस्या होस् या सामाजिक बिकृति सबै विषयमा स्पष्ट र निशपक्ष रुपमा आवाज उठाउने बस्नेत एक पारदर्शी र निशपक्ष व्यवसायी भएकै कारण संघको कोषाध्य पदमा उनको उम्मेद्वारी स्वागतयोग्य रहेको एर्का एक व्यावसायीको भनाइ छ ।

पहिलो पटक निर्वाचनमा सदस्य पदमा उम्मेद्वार भएर चुनावमा सहभागी हुदा सघलाई नजिक बाट चिन्ने अवसर मिल्यो र सघ भित्र भएका समस्याहरुलाई बुझ्ने अवसर पाएका कारण विध्यमान समस्याहरुको निराकरणका लागि पदाधिकारी मै आफुलाई उभ्याउनु पर्ने आत्मानुभुति भएर चुनावी मैदानमा उभिएको बस्नेत बताउछन् ।

यस्तै पथरीका साना ठुला सबै व्यापारीका समस्या र उनिहरुको गुनासोलाई सम्वोधन गर्न र संगठनको परम्परागत रुपमा रहेको लेखा प्रणलीलाई आधुनिक र प्रविधमैत्रि बनाउदै अपुरो रहेको भवन निर्माणको विषयलाई पुणर्ता दिनु नै आफ्नो उम्मेद्वारीको मुख्य लक्ष्य रहेको बस्नतेको भनाई छ ।

२८ गतेको निर्वाचनका लागि साझा प्यानलले १६ पदका लागि उम्मेद्वारी घोषणा गरेको हो । साझा प्यानलको अध्यक्षमा नेपाली काग्रेस निकट प्रतिक्षा फेन्सी स्टोरका संचालक तथा वाणिज्य सघका पुर्व अध्यक्ष धनकुमार तामाङ वरिष्ठ उपाध्यक्ष ओमप्रसाद लिम्बु, उपाध्यक्ष रविन राई, महासचिव राजेन्द्र बस्नेत, उद्योग सचिव प्रेमप्रसाद सुवेदी, वाणिज्य सचिव खेमनाथ ढुंगेल, कोषाध्यक्ष विजयजंग बस्नेत रहेका छन् ।

यस्तै सदस्यहरुमा पृथ्वी आले मगर, बलिदान चेम्जोङ, तुलसी लुनिया, इन्द्रबहादुर राई र महिला सदस्यहरुमा मुना पाण्डे र जुनी थपलिया रहेका छन् यस्तै लेखा संयोजकमा चन्द्रप्रसाद सापकोटा, लेखा सदस्यमा प्रदिप पराजुली र सन्तविर विश्वकर्मा (गहतराज) रहेका छन् ।