सुनसरीमा रहेका विभिन्न पालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । कोरोना महामारिका विच विभिन्न पालिकामा स्वास्थ्य सामाग्रीको अभावका कारण स्वास्थ्य सेवा लिनबाट बन्चित भएको अवस्थामा सामुदायिक समाज विकास उत्थान केन्द्र इनरुवा सुनसरी र प्लान इन्टरनेसनल नेपालको सहयोगमा १५ लाख भन्दा माथिको स्वास्थ्य सामाग्री दिएको हो । सुनसरीमा रहेका जिल्ला अस्पताल इनरुवा, जिल्ला स्वास्थ्य कार्यालय सुनसरी, बर्जु गाउँपालिका, इनरुवा नगरपालिका देवानगंज गाउँपालिका, हरिनगरा गाउँपालिका , दुहबी नगरपालिका, रामधुनि नगरपालिका , बराक्षेत्र नगरपालिका , धरान उपमहानगरपालिका आदिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । विभिन्न पालिकाहरुमा रहेका स्वास्थ्य समस्हयारुलाई स्थलगत अवलोकन गरि आवश्यक परेका सामाग्रीहरु जस्तै अस्पतालमा प्रयोग गरिने वेड, सर्जिकल माक्स, पिपिई सेट, oxygen concentrator, surgical gloves, Face sheild , अस्पताकाे बेडमा प्रयाेग हुने सामाग्री , oxymeter,sanitizer, hand wash liquid आदि पालिकाकै सम्वन्धित निकायलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक भुपेन्द्र निराैलाले बताएका छन् । उनि भन्छन् देशमा महामारिको कारणआम सर्वसाधरणले सुलभताका साथ स्वास्थ्य सामाग्री पाउन सकेका छैनन् यसरी स्वास्थ्य सेवा सुविधा नपाउनेहरका लागी नगरमा आएको स्वास्थ्य सामाग्री दिन आवश्यक रहेको उनले बताएका छन् । उनले आवश्यक परेको खण्डमा अन्य सामाग्री समेत उपलब्ध गराउने जानकारी दिएका छन् ।

241190742_558370648829398_2902563663377260638_n240923654_892679637998868_9067486194722845324_n

241031066_590608972301611_7987276273400148961_n