मोरङ । उर्लाबारीमा युवा व्यावसायीहरु माझ सफलताको शिखर चुम्दै गरेका युवा व्यावसायी हुन ‘‘नूतन’’ ।
२० वर्षको कलिलो उमेर देखी नै कडा मेहनत र नविन सोचका साथ व्यावसायमा होमिएका उनले आफ्नो व्यावसायीक यात्राको १० वर्षको यात्रामा उर्लाबारीका युवाहरुमाझ व्यावसायिक लिडरको रुपमा उभ्याउन सफल भएका छन् ।
पहाडी जिल्ला भोजपुर बाट अध्ययनको शिलशिलमा २०६५ सालमा उर्लाबारी झरेका ‘‘नुतन’’ ले २०६८ साल बाट अध्ययन सगै “पिके ट्राभल्स एण्ड टुर्स” नामको ट्राभल एजेन्सीमा हात हाले ।
त्यती बेला सामान्य रुपमा व्यावसाय थालनी गरेका उनले सोही व्यावसाय बाट उर्लाबारीमा आफुलाई स्थापित गराउदै आर्थिक उन्नतीको पारोलाई उकालो लगाए र युवा व्यावसायी हरुमा उत्साहाको किरण बन्न पुगेका छन् ।
१० वर्षको सघर्षमा उनले आर्थिक र सामाजिक क्षेत्रमा धेरै लामो छलाङ मारे जसका कारण उनको समाजमा व्यावसायिक परिचय मात्रै सिमित भएन, उर्लाबारीमा सामाजिक जिम्मेवारी लाई समेत निश्वार्थ सोचले अगाडी बढाउने एउटा परोपकारी र फरासिलो स्वाभावको व्याक्तित्वका रुपमा समेत स्थापित भए ।
व्यावसायिक क्षेत्रमा मात्रै नभएर सामाजिक क्षेत्रमा पनि नविन सोच र नया पनको प्रत्याभुति गराउन उद्त नुतनले आसन्न उर्लाबारी उद्योग वाणिज्य सघको निर्वाचनमा सदस्य पदमा उम्मेद्वारी दिदै आफुलाई झनै जिम्मेवार नागरिक बनाउन नया अध्यायको सुरुवात गरेका छन् ।
उर्लाबारीमा सवै युवाहरु माझ लोकप्रिय हाक्कि स्वभावका ‘‘नूतन’’ राई किरातले सदस्य पदमा उम्मेद्वारी दिएका छन् । उनी प्रगतिशील साझा प्यानलको तर्फबाट सदस्यको उम्मेद्वार बनेका हुन् ।
उर्लाबारीका युवामा आफूलाई अग्रपंत्तिमा उभ्याउन सफल ‘‘नुतन’’ पनि अहिले उद्योगी, व्यापारी, व्यवसायीहरुसँग मत माग्नमा व्यस्त छन् ।
हुनत यतिखेर दुबै गठबन्धनका उम्मेद्वारहरु मत माग्न व्यापारीको पसल र व्यावसायिक केन्द्रमा पुगिरहेका छन् ।
स्थानीय तहको झल्को दिने गरी दलहरु आफैँ नेतृत्व गरेर चुनावी मैदानमा उत्रिएको यसपटकको चुनावी रौनक पनि स्थानीय निर्वाचन जस्तै हुन गइरहेको छ ।
यसैक्रममा उर्लाबारी - ४ निवासी युवा व्यवसायी राई (पिके) को चर्चा भने राम्रौ चुलिएको छ । सामाजिक सञ्जाल, चोक, चिया पसल जताततै राई एक सम्भावना बोकेको युवा भएकाले उनले जित्नैपर्ने भन्दै चर्चा चल्न थाल्नुले पनि उनलाई थप हौसला मिलेको उनले बताएका छन् ।
२०४८ साल मंसिर १५ गते भोजपुरको पौवादुङ्मा ५ मा जन्मिएका राई केही गर्छु भन्ने उदेश्य बोकेर २०६५ सालमा उर्लाबारी बसाइँ सरेर आएका हुन् ।
सुरुमा उनले पर्शु किँरात ट्राभल्समा कर्मचारी भएर काम गरे । राईको लगनशिलताले नै गर्दा २०६८ सालमा आफैँ सो ट्राभल्स खरिद गर्न सफल भएको उनी सुनाउँछन् ।
त्यसपछि राईको व्यावसायिक सफलता सुरु भएको हो । ट्राभल्समा सेवा आउने जो कोही निराश भएर फर्किनु नपर्ने उनको भनाई छ । राईले जसरी हुन्छ आफ्ना ग्राहकलाई अहिलेसम्म खुशी राख्न सफल भएको बताएका छन् । राई सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । किँरात राई यायोक्खा उर्लाबारीको नगर कोषाध्यक्ष, मीरा राई फाण्डेशनको संयोजक, सानो दुङ्माली किँरात राई सेवा समाजको सचिव, परिवर्तन युवा क्लब उर्लाबारीको सल्लाहकार लगायतका सामाजिक संघसंस्थामा समेत उनले काम गरिरहेका छन् । लगनशिल युवा व्यापारी राई सत्य देखि कहिल्यै डराउँदैनन् ।
व्यापारीहरुको समस्या होस् या सामाजिक बिकृति सबै विषयमा राई जोडदार आवाज उठाउने गर्छन् ।
एक निडर व्यवसायी भएकै कारण संघको सदस्य पदमा राईको चर्चा चुलिएको स्थानीय व्यापारीहरुके भनाई छ । राई भन्छन् - ‘पहिलो पटक चुनाव लड्दैछु, आशा छ सबै व्यापारी उद्योगीहरुले माया गर्नु हुनेछ ।’ उर्लाबारीका साना ठुला सबै व्यापारीका समस्या र आवाज संघको निणर्ायक ठाउँमा पुर्याएर कार्यान्वयनमा जोड दिने उनको लक्ष्य छ । बिहानदेखि रातिसम्म निरन्तर आफ्नै ट्राभल्सको व्यवसायमा सक्रिय राईलाई सदस्य पदमा जिताउनै पर्ने स्थानीय व्यापारीहरुबीच चर्चा चल्न थालेको छ ।




















