मोरङ । उर्लाबारी उद्योग वाणिज्य संघको आगामी भदौ ३१ गते हुने चुनावका लागि युवा व्यावसायी तारामान सेरेङ्को अध्यक्षतामा लोकतान्त्रिक प्यानलको घोषणा भएको छ ।

बुधवार उर्लाबारी स्थित सगरमाथा साकोसको सभाहलमा भएको उम्मेद्वारी घोषणा कार्यक्रममा लोकतान्त्रिक गठबन्धनले सेरेङ्को नेतृत्वमा प्रतिवद्धता सहित १६ पदका लागि उम्मेद्वारी घोषणा गरेको हो ।

लोकतान्त्रिक गठबन्धनको अध्यक्षमा तारामान सेरेङ, बरिष्ठ उपाध्यक्षमा दिलु श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा निरु चौहान, उद्योग उपाध्यक्षमा रामप्रसाद धिमाल (बागाई), महासचिबमा हेमराज गुरुङ, उद्योग सचिबमा पूणर् सिंगक लिम्बू, बाणिज्य सचिबमा भेषबन्धु निरौला र कोषाध्यक्षमा कृष्ण गिरीलाई उम्मेद्वार बनाएको छ ।

त्यस्तै, सदस्यहरुमा नविन श्रेष्ठ, भीम घिमिरे, बेचन यादब, युवाहाङ तुम्वाहाम्फे र राजकुमार श्रेष्ठलाई उम्मेद्वार बनाइएको छ । त्यस्तै, लेखा समिति संयोजकमा गणेश खत्री, सदस्यहरुमा रोशन घिमिरे र विकास राईलाई उम्मेद्वार बनाइएको छ ।

गठबन्धनमा नेपाली काग्रेस, संघिय लिम्वुवान, जनता समाजवादी पार्टी गरी ३ वटा राजनैतिक पार्टीको चुनावी तालमेल छ ।

उम्मेद्वारी घोषणा सभालाई सम्बोधन गर्दै संघिय समाजवादी पार्टीका नगर अध्यक्ष मात्रिका धिमालले उद्योग वाणिज्य सघको चुनावी प्रतिष्पर्धामा गठबन्धलाई जिताउन अहोरात्र खटिने प्रतिवद्धता जाहेर गर्दै गठबन्धन माथी विश्वास गर्न आग्रह गरे ।

यस्तै नेपाली काग्रेसका नगर सभापति तथा वडा नम्वर ७ का वडाध्यक्ष वीरवल थापाले आसन्न नेपाली काग्रेसको अधिवेसनका कारण काग्रेसमा २ धारको स्थिती भएतापनि पार्टी इतरका सघसस्थाको चुनावी प्रतिष्पर्धामा नेपाली काग्रेस एकढिक्का भएर लाग्ने भएका कारण गठवन्धनको जित निश्चित हुने बताए ।

यस्तै उद्योग वाणिज्य सघका निर्वमान अध्यक्ष प्रितम खड्गीले विपक्षी प्रगतिशिल साझा गठबन्धनका साथीहरुले बजारमा लोकतान्त्रिक गठबन्धनको विसश्वासलाई कमजोर बनाउन विभिन्न् अनगर्ल प्रचार गर्दै हिड्ने गरेको भेटिएका कारण अनगर्ल प्रचारको विश्वास नगर्न समेत उनले उम्मेद्वार व्यापारीहरुमा आग्रह गरेका छन् ।

साथै उनले लोकतान्त्रिक गठबन्धनको प्यानललाई जिताउन आफु नेतृत्वदायि भुमिकामा रहेर लागि पर्ने प्रतिवद्धता समेत जाहेर गरे ।

 उम्मेद्वारी घोषणा कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख तथा नेपाली काँग्रेस मोरङ १ का क्षेत्रीय सभापति खड्ग फागोले नेपाली काँग्रेस नेतृत्वको प्यानलबाट व्यापारीको हकहितका लागि अहोरात्र खट्ने उम्मेद्वार चयन गरेको बताए । 

विश्वासले गठबन्धन गरेको हुँदा सबै उम्मेद्वारलाई जिताउन लागि पर्न गठबन्धनका सबै दल र व्यापारी व्यवसायीलाई अनुरोध गर्दै उनले विश्वास तोड्नु नहुने बताए । नगर प्रमुख फागोले पूरा गर्न सक्ने मात्र एजेण्डा लिएर व्यापारी माझ जान आग्रह गरे ।  

उम्मेद्वारी घोषणा तयारी समितिका संयोजक तेजकुमार रिजालको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्षका उम्मेद्वार तारामान सिरेङ लिम्बूले प्रतिबद्धता मन्तव्य राखेका थिए । 

कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, नेपाली काँग्रेस उर्लाबारीका सभापति वीरबल थापा, जसपा नगर अध्यक्ष मात्रिका धिमाल, संघका पूर्व अध्यक्ष केशव कार्कीले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा लिम्बुवानकी अन्जु लिङ्देनको स्वागत मन्तव्य र जसपाका दिपक न्यौपानेको सञ्चालन रहेको थियो ।

३३ औँ चुनावी सभाका लागि उर्लाबारी उद्योग वाणिज्य संघले भदौ ३१ गतेको मिति तय गरे सगै उद्योग वाणिज्यको आगामी नेतृत्वका लागि यस अघि प्रगतिशिल साझा गठबन्धले शेरबहादुर भण्डारीको नेतृत्वमा उम्मेद्वारी घोषणा गरी सकेको छ ।