मोरङ । उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३१ गते हुने चुनाबका लागि उर्लाबारी-४ का ब्यवसायी शेरबहादुर भण्डारीको अध्यक्षतामा प्रगतिशिल साझा उम्मेद्वार घोषणा भएको छ ।

विन्दबासिनी टे्रडर्सका सञ्चालक भण्डारी वर्तमान बाणिज्य उपाध्यक्ष हुनुहुन्छ । ब्यवसायी तथा उद्योगीहरुको हकहितका लागि आफ्नो उम्मेद्वारी भएको बताउँदै उहाँले सबैको साथ र सहयोग रहने अपेक्षा राख्नुभएको छ । प्रगतिशिल साझा गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी पार्टीलगायत रहेका छन् ।

त्यस्तै, बरिष्ठ उपाध्यक्षमा यमलाल रसाईली, उद्योग उपाध्यक्षमा जंगबहादुर कार्की, बाणिज्य उपाध्यक्षमा पवन चौधरी, महासचिबमा सम्झना खतिवडा आचार्य, उद्योग सचिबमा डिल्लीराम खतिवडा (डिल्ली), बाणिज्य सचिबमा यज्ञबहादुर बस्तेत (भिरगाउँले) र कोषाध्यक्षमा राजनप्रसाद दाहाललाई उम्मेद्वार बनाइएको छ । 

त्यस्तै, सदस्यहरुमा अनिल साहु तेली, नरेन्द्र थापा (जर्मन), नितम चौहान, निलप्रसाद गौतम, नुतन राईलाई उम्मेद्वार बनाएको संयोजक चन्द्रबहादुर भट्टराई (भरत) ले जानकारी दिनुभयो । त्यस्तै, लेखा समिति संयोजकमा गजिन्द्र भण्डारी, सदस्यद्धयमा फुर्वा तामाङ र राधिका काफ्ले उम्मेद्वार रहेको उहाँले बताउनुभयो । 

नीति निर्माण, कोष ब्यवस्थापन, कर, सुरक्षा, उद्योग, ब्यापार तथा कृषि प्रबद्र्धन, पर्यटन प्रबद्र्धन, तालिम, सम्मान तथा सामाजिक दायित्व, हाटबजार ब्यवस्थापन, आयस्रोत र कार्यालय ब्यवस्थापनलगायतका प्रतिबद्धता साझा बनाइएको छ । 

प्रगतिशिल साझा गठबन्धनमा १६ पदमा नेकपा एमाले समर्थकले ६, माओवादी केन्द्र ६, राप्रपा ३ र नेकपा एकीकृत समाजवादी १ जना रहेका छन् 

आज (सोमबार) हाम्रो साकोसको सभाहलमा उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीको प्रमुख आतिथ्यतामा एक कार्यक्रममार्फत प्रगतिशिल साझा उम्मेद्वार घोषणा गरिएको हो ।