सुनसरीको इटहरीमा रहेको सार्वजनिक पुस्तकालयको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका वडा न ८ मा भएको उक्त कार्यक्रमा उ.ब.सं. इटहरी अध्यक्ष भीम पौडेलको प्रमुख अतिथिमा सम्पन्न भएको हो । आइतबार प्रथम साधारण सभाबाट तदर्थ समितिको विघटन गरी ९ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । केही समय देखी सुनसरीको इटहरी सार्वजनिक पुस्तकालयले ज्ञान मूलक काम गर्दै आएको कार्यक्रमका प्रमुख अतिथी भिम पौडेल बताउनु भयो । प्रथम साधारण सभाबाट चयन भएका नयाँ कार्य समिति सफल कार्यकालको समेत शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भीम पौडेलले पुस्तकालयलाई वार्षिक रूपमा रु ५१,००० रुपैयाँ सहयोग गर्ने घोषणा गइनुभएको थियो । यस्तै नयाँ कार्यसमितिमा अध्यक्ष बद्री प्रसाद पोखरेल , उपाध्यक्ष ओम प्रकाश निरौला ,सचिव विवेक अधिकारी, सहसचिव देवराज शर्मा , कोषाध्यक्ष सरस्वती चौधरी , सदस्य अनिल राज भण्डारी , सदस्य सन्तोष रायमाझी ,सदस्य ज्योति बराल र सदस्य तारा पराजुली ढकाल चयन हुनु भएको थियो ।
























