पथरी । आगामी भदौ २८ गतेका लागि तय गरीएको पथरी उद्योग बाणिज्य सघको कोषाध्यक्ष पदमा विजयजङ बस्नेतले उम्मेद्वारी दाबी प्रस्तुत गरेका छन् 

तारा टे्रडर्स एण्ड सुनचादी पसल पथरीका युवा व्यावसायी बस्नेतले सघको १८ औँ चुनावी साधारण सभामा कोषाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी दावी गरेका हुन ।

नेपाली काग्रेस समर्थक युवा व्यावसायी बस्नेत पथरी उद्योग बाणिज्य सघको आजिवन सदस्य समेत रहेका छन् । 

लामो समय देखी पथरी उद्योग बाणिज्य संघमा सदस्य रही सस्थाको उननयनका लागि सहयोग गर्दै आएका बस्नेतले सस्थाको भव निर्मित भवनको निर्माणका आर्थिक सहयोग समेत गरेका छन् ।

पथरीमा युवाहरुमाझ लोकप्रिय बन्दै आएका बस्नेतले यस अघि पनि उद्योग बाणिज्य सघमा सदस्य पदमा उम्मेद्वारी दिएका थिए तत्कालिन समयमा वस्नेतले सो पदमा ९ मतले पराजय भोगेका थिए ।

निर्वाचनमा पराजय भोगेता पनि बस्नेतले सस्थाको उननयन र विकासका लागि विभिन्न समितिमा रहेर काम गर्दै आएका छन् हाल उनि नव-निर्मित भवन निर्माण समितिको सदस्य पदमा रहेर कार्य गर्दै आएका छन् ।

२०७१ साल बाट व्यावसायीक यात्रा थालेका बस्नेतले सुनचादी व्यावसाय मात्रै नभएर अन्य व्यावसायमा पनि राम्रै सफलता हात पर्दै गएको पथरीका युवा व्यावसायीहरुको ठहर छ ।

पथरी उद्योग बाणिज्य सघको १८ औँ चुनावी सभामा कोषाध्यक्ष पद नै किन रोज्नु भयो भन्ने सवालमा वस्नेतले भने-उद्योग बाणिज्य सघको विकास र विस्तारका लागि युवा व्यावसायीहरुको खाचो भएको महसुस गरेर नै उम्मेद्वारी दर्ता गराएको हुँ, सस्था अहिले पनि २७ लाख भन्दा बढी घाटामा रहेको छ सो घाटालाई पनि मिलान गर्नु पर्ने भएका कारण मेरो उम्मेद्वारी हो ।

बणिज्य सघको १८ औँ चुनावी सभाको मिति नजिकिदै गर्दा यतिवेला नेपाली काग्रेस समर्थकको तर्फबाट अध्यक्षमा धनकुमार तामाङ र कोषाध्यक्ष्मा बस्नेतको नाम बाहिर आएको हो ।

भदौ ७ गते बसेको उद्योग बाणिज्य संघको बैठकले संघको १८ औ साधारण सभा भदौ २६ र चुनावी सभा भदौ २८ गते तय गरेको छ ।