पथरी । पथरी शनिश्चरे नगरपालिकामा आबद्ध व्यापारीहरुको साझा सस्था पथरी उधोग बाणिज्य सघको चुनाव भदौ २८ गते हुने भएको छ ।
गत भदौ ७ गते बसेको उद्योग बाणिज्य संघको बैठकले संघको १८ औ साधारण सभा भदौ २६ र चुनावी सभा भदौ २८ गते तय गरेको महासचिव अशोक कुमार राइले बताए ।
यस्तै संघले १८ औ चुनावी सभाका लागि ३ सदस्ययी निर्वाचन समिति पनि तोकेको छ । जसको संयोजकमा अर्जुन कुमार बुढाथोकी सदस्यहरुमा भवानी प्रसाद दुलाल र दिपेन्द्र तिम्सीना रहेका छन् ।
सघले व्यापारीक फर्म दर्ता र नविकरणको मिति भदौ २० गते सम्म राखेको जनाएको छ ।




















