मोरङ । उद्योग बाणिज्य सघ उर्लाबारीको चुनावी रौनकले यति बेला उर्लाबारीलाई तताएको छ । आगामी भदौं ३० र ३१ गते हुने उर्लाबारी उद्योग बाणिज्य संघको चुनाबले यतिबेला उर्लाबारीलाई छपक्कै छोपेको हो ।

चुनाबी मैदानमा खरो प्रतिष्पर्धीको रुपमा नेपाली काग्रेस समर्थक तारामान सेरेङको प्यानल र बामपन्थी गठबन्धन, राप्रपासहितको प्यानलबाट अध्यक्ष पदमा शेरबहादुर भण्डारीको चुनाबी प्रतिष्पर्धा हुने भएको छ ।

नेपाली काग्रेस समर्थक ब्यवसायीहरुको प्रतिनिधित्व गर्दै संघका पूर्व बरिष्ठ उपाध्यक्ष तारामान सेरेङलाई अध्यक्ष पदको उम्मेद्वार बनाएको छ । कांग्रेस समर्थक ब्यवसायीहरुको प्यानलमा जनता समाजवादी पार्टी, लिम्बूवानलगायत रहेका छन् । 

कांग्रेस समर्थक ब्यवसायीहरुको पकड रहेको संघमा युवा ब्यवसायी सेरेङले लामो समय विभिन्न पदमा रहेर काम गरिसकेका कारण पनि यस पटक उहाँकै पल्लाभारी हुने देखिएको छ । 

कांग्रेस गठबन्धन प्यालनबाट अधिकांश युवा ब्यवसायीहरुलाई अघि सारिएको छ । गत निर्वाचनमा महासचिबमा पराजित बन्नु भएका हेमराज गुरुङलाई सोही पदमा उठाइएको छ । दिलकुमार श्रेष्ठ, निरु चौहान, पूणर् सिंगक लिम्बू, भीम घिमिरेलगायतको नाम चर्चामा छ । तर, औपचारिक रुपमा अध्यक्षबाहेक अन्य पदमा को उम्मेद्वार बन्ने भन्ने कुरा फाइनल भएको छैन । 

यता बामपन्थी गठबन्धन, राप्रपासहितको प्यानलबाट अध्यक्ष पदमा वर्तमान बाणिज्य उपाध्यक्ष शेरबहादुर भण्डारीलाई उठाएको छ । भण्डारी नेकपा एमाले समर्थक ब्यवसायी हुनुहुन्छ । 

यो प्यालनबाट बरिष्ठ उपाध्यक्षमा यामलाल रसाईली, उपाध्यक्षमा जंगबहादुर कार्की, पवन चौधरी, महासचिबमा सम्झना खतिवडालगायत उम्मेद्वार अघि सारिएको छ । तर, औपचारिक रुपमा अध्यक्ष बाहेक अन्य पदको उम्मेद्वारी घोषणा भएको छैन । 

यता, स्वतन्त्रबाट केदार रिजालले अध्यक्षमा उम्मेद्वारी दिने बताएपनि पद बार्गेनिङका लागि मात्रै भएको बुझिएको छ । तर, रिजालले भने बार्गेनिङका लागि नभई ब्यवसायीको हकहितका लागि अध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको दाबी गरेका छन् ।

नेपाली कांग्रेसनिकट ब्यवसायीहरुको उम्मेद्वार लगभग टुंगो लागिसकेको छ भने एमालेसहितको गठबन्धनको पनि उम्मेद्वारी छिनोफानो भइसकेको छ । तर, दुबै समूहले अर्को समूहले उम्मेद्वारी घोषणा गरेपछि मात्रै आफ्ना उम्मेद्वार घोषणा गर्न खोजेका कारण हालसम्म दुबै पक्षले उम्मेद्वार घोषणा गर्न नसकेका हुन् ।

कांग्रेस र एमाले दुबै प्यानल आफ्नो जित हुने दाबी गर्दै आएका छन् । कांग्रेसले अधिकांश युवाहरुलाई उम्मेद्वार बनाएका कारण पनि यस पटकको चुनाबी सरगर्मी निकै बढ्ने देखिन्छ । 

सदस्य, महासचिब र बरिष्ठ उपाध्यक्ष भइसक्नु भएका अनुभबी तथा लामो समय संघको हितमा काम गर्नुभएका तारामान सेरेङको अध्यक्षमा उम्मेद्वारीले ब्यवसायी तथा उद्योगीहरुमा उत्साह बढाएको छ । 

निकै जोसिला र काममा कटिबद्ध भएर लाग्ने युवा सेरेङ भएको धेरै ब्यवसायीहरुको विश्लेषण छ । कांग्रेस एकढिक्का भएर सेरेङलाई जिताउन लागेको खण्डमा उहाँकै पल्लाभारी हुने निश्चित ।

यता एमाले गठबन्धनका वर्तमान बाणिज्य उपाध्यक्ष शेरबहादुर भण्डारी पनि लामो ब्यवसाय अनुभव भएका उम्मेद्वार हुन । कांग्रेसमा देखिएको गुटगत राजनीति प्रभाव देखिए र एमाले, राप्रपा तथा माओवादीले इमान्दारीका साथ भण्डारीलाई दिएको खण्डमा विजयी हुने सम्भावना पनि छ ।