इटहरी/ इटहरी उपमहानगरपालिकामा वडा न १७ मा दुर्घटनामा हुदाँ एक जनाको मृत्यु भएको छ । आज दिउसो भएको दुर्घटनामा घाइते भएका रामधुनी ३ बस्ने १८ वर्षीय निरन्जन खड्काको उपचारका क्रममा ज्यान गएको हो । पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १-०५-००१ ख ००४९ नम्बर ट्रकको ठक्करबाट घाइते भएका खड्कालाई उपचारको लागि एपेक्स अस्पताल इटहरी पठाइएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।