इटहरी / ट्रकको ठक्करबाट इटहरीमा खड्काको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफकि प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी १७ पकली चोक नजकि पूर्व-पश्चमि राजमार्गमा पश्चमिबाट पूर्वतर्फ आउँदै गरेको प्र १-०५-००१ ख ००४९ नम्बर ट्रकको ठक्करबाट रामधुनी ३ बस्ने १८ वर्षीय नरिन्जन खड्काको मृत्यु भएको हो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका खड्कालाई उपचारको लाग िएपेक्स अस्पताल इटहरी पठाएकोमा उपचारको मंगलबार दउिँसो ४ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक जल्लिा संखुवासभा स्याबुन ८ बस्ने ५५ वर्षीय इबराज श्रेष्ठ र ट्रक इलाका प्रहरी कार्यालय पकलीको नयिन्त्रणमा रहेका छन् ।
स्थानीयका अनुसार मृतक खड्का अल्फाबेट नखुलेको ९१६३ नम्बरको मोटरसाइकल पछाडी सवार रहेको खुल्न आएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















