सुनसरी/ कोशी टप्पु बन्यजन्तु आरक्ष आसपासका स्थानीयबासी लामो समय देखि जङ्गली जनावरको शिकार हुँदै आएका छन् । जङ्गली जनावरका कारण सुनसरी, सप्तरी र उदयपुर जिल्लाका स्थानीयले २०३२ साल देखि सास्ती भोग्दै आएका हुन । आरक्ष आसपास बस्ने जङ्गली हाती, बदेँल र अर्नाका कारण ८ वर्ष यता १८ जनाले ज्यान गुमाएका छन् भने ८० घाइते भएका छन् । राज्यले मृतककलाई १० लाख, घाइतेलाई २ लाख र बाली, खाद्यान्न तथा क्षेतिको आधारमा रकम पाउँछन् । तर गतिलो ब्यबस्थापन नहँदा स्थानी भने त्रासमा बाच्न बाध्य छन् । उनीहरुले जनावरले मार्दा कि सडक अबरुद्ध गर्न बाध्य हुन्छन् कि त १० लाख रुपैयाँकाले आफन्त विर्सन विवस हुन्छन् । स्थानीय सरकार आएपछि केही राहत तथा सुरक्षाको आस गरेका उनीहरु ४ वर्ष सम्म कुनै पहल हुन नसक्दा न रुनु न हास्नुँ बनेका छन् । स्थानीय राजकुमार यादव सरकारी निकायले आफ्नो समस्यालाई नजिकबाट नियाल्न नसकेको बताउँछन् । आज सम्म गतिलो र भरपर्दो सुरक्षाको प्रत्याभुति गर्न नपाएको उनीहरुको गुनासो छ ।
देशमा तिन तहका सरकार छन् । तर उनीहरुको आवाज सुनिदिने कोही नभएको स्थानीय जनप्रतिनिधि नै बताउँछन् । कोशी गाउँपालिका ३ का वडा अध्यक्ष सुलेमान अन्सुरी स्थानीय तहमा धेरै बजेट नहुने प्रदेश र केन्द्र सरकारले जनताको बोली नसुनेको भनाई छ ।
आरक्षमा विभिन्न कार्यालयबाट आएका वार्डेन तथा कर्मचारी यहि घटनामा कमजोरी देखिएको भन्दै आफ्नो कार्यकालको समयमबधि नसकिँदै विभागिय कारबाहिमा पर्ने गर्छन त कोही आफै सरुवा मिलाएर अन्त जाने गरेका छन् । हाल रहेका आरक्षका संरक्षण अधिकृत अशोक राम पर्याप्त जङ्गल क्षेत्र नभएकाले जनावर बस्ती पस्ने गरेको बताउँछन् ।
जङगलि जनावर मानव बस्तिमा पस्ने प्रमुख कारण भनेको उनिहरुको आहाराको कमिका कारणले हो । हाल आरक्ष आसपास १९ वटा सम्म हात्ती बसोबास गर्छन् । एउटा हात्तीका लागि दैनिक २ सय केजी पानी र आहारा चाहिने गर्छ । यसरी मानव र जनावर बिचको द्धन्द अन्त्यको समाधान अहिले सम्म हुन सकेको छैन यसका लागी सरोकार वाला निकाय र स्थानिय विच सहकार्य गरि समस्या समाधान गर्न आवश्यक रहेको छ ।




















