मोरङको सुन्दरहरैंचा नगरपालिकामा स्थायी भौतिक संरचनासहितको कोभिड अस्पताल सञ्चालनको तयारीथालिएको छ । विज्ञहरुबाट तेश्रो भेरियन्टको कोरोना संक्रमण फैलने चेतावनीआइरहँदा सुन्दरहरैंचा नगरपालिकाले २५ बेडको स्थायी कोभिड अस्पताल सञ्चालन गर्न लागेको हो । 

 ठूलो संख्यामा कोरोना संक्रमण फैलिंदा समेत यसअघिकोभिड अस्पताल सञ्चालननगरेको भन्दै नगरपालिकाको आलोचनाभइरहेको अवस्थामा यसपटक भने सुन्दरहरैंचा नगरपालिकाले कोभिड विशेष अस्पताल सञ्चालनको तयारी थालेको छ । वडा नम्बर १हरैंचामा रहेको प्राथामिक स्वास्थ्य केन्द्रलाई कोभिड विशेष अस्पताल बनाउनयतिबेलात्यहाँ रहेका पुरानाभवनहरुको मर्मतको काम अघि बढाइएको छ । अबको केहीदिनभित्र नै ५ वटा भवनमा २५ बेडको आइसीयुसेवासहितको कोरोना विशेष अस्पताल सञ्चालन गरिने नगरपालिकाकाप्रमुखप्रशासकीयअधिकृत डा. कृष्णबहादुर घिमिरेले जानकारी दिनुभयो । 

गतजेठ ३ गतेको कार्यपालिकाको बैठकले कोभिड विशेष अस्पताल निर्माण गर्ने भनि गरेको निणर्य अनुशार नगरपालिकाले काम अघि बढाएको हो ।सोहीअनुसार अस्पताल सञ्चालन गर्न ५ जना मेडिकल अफिसर, १ जना रेडियोग्राफार १ जना विज्ञ डाक्टरसहित २६ जनाकर्मचारीको व्यवस्थानगरपालिकाले गरिसकेको छ ।विज्ञहरुले कोभिडको तेश्रो भेरियन्ट फैलने चेतावनी दिएकाले नगरवासी बिरामीपर्दा उपचार गर्न टाढा लैजानु नपरोस् भन्ने उद्देश्यले कोरोना विशेष अस्पताल सञ्चालन गर्न लागिएको नगरपालिकाकी उप प्रमुख धनमाया तामाङले जानकारी दिनुभयो ।

यसअघि प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा रहेर दिँदै आएका सेवाहरुलाई यथावत राखी कोभिड अस्पताल सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।यतिबेलानगरपालिकाले १जनाइन्जिनियर र १ जनाकर्मचारीलाई कामभइरहेको स्थलमै खटाएर गुणस्तरीय र पारदर्शी काम गराउनुकासाथै चाँडै काम सक्न निर्देशनदिइएको प्रमुखप्रशासकीयअधिकृत डा. घिमिरेले जानकारी दिनुभयो । यसरी निर्माण गरिएको आइसियु सहितको कोरोना अस्पताललाई भविश्यमा कोरोना संक्रमण रोकथामभएपश्चातनगर अस्पतालको रुपमाविकास गर्ने योजना रहेको छ । साथै सोही परिसरमा सर्पदंश उपचार सेवा समेत सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।