मोरङको सुन्दरहरैंचा नगरपालिकावडा नम्बर ६ स्थित एक उद्योगका कारण सिंगो गाउँमा प्रदुशण फैलिएको भन्दै स्थानीयबासी विरोधमा उत्रिएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ स्थित पूर्वाञ्चल कन्स्ट्रक्सन मेटेरियल इण्डस्ट्रिज प्रालिले कालोपत्रे सडक निर्माणमा प्रयोग गरिने असफलको उद्योग सञ्चालनगर्दा दुर्गन्ध र धुवाँ फैलिएर गाउँ नै प्रदुशीतभएको भन्दै स्थानीय बासी विरोधमा उत्रिएका हुन् । सुरु मा ह्युमपाएप लगायत कंक्रिटका समान मात्र उत्पादन गर्ने भनि सञ्चालन भएपनि पछि गएर अलकत्रा पोलेर असफलउत्पादन गरेको र त्यस्को प्रदुषणले गाउँमा दुर्घन्ध फैलाएको भन्दै उद्योग आसपासका स्थानीयबासी आन्दोलित बनेका हुन् । सोही विषयमा छलफल गर्न सुन्दरहरैंचा नगरपालिकावडा नं ६ को कार्यालय परिसरमा भेलाभएका स्थानीयबासीले तत्काल उद्योग बन्द गराउनमाग गरेका छन् ।सुरुमाआफुहरुसँग सल्लाह नै नगरी उद्योग सञ्चालन गरेको र उद्योगले प्रदुशण फैलाएको भन्दै स्थानीय बासीले उद्योग तत्कालबन्द गर्न माग गरेका हुन् । उद्योगले अलकत्रा पोल्दा कालो धुवाँगाउँभरी फैलिने भएकालेखोकीलाग्ने, स्वास फेर्न गाह्रो हुने र आँखा पोल्ने लगायतका समस्या देखिएर अस्पतालसम्म पुग्नु परेको स्थानीयको भनाइ छ । एकथारी स्थानीयले उद्योग नै बन्द गर्नुपर्ने माग गरिरहंदाअर्काथरि स्थानीयले भने उद्योग बन्द गर्न नहुने बरु प्रदुशण नहुने गरि सुधार गरेर सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । यताउद्योगका सञ्चालकशारदा प्रसाद ढकालले प्रदुशण नहुने गरि उद्योग सञ्चालन गर्न लागिपरेको भन्दै आवश्यक परिक्षणपश्चात समेत प्रदुशण हुने देखिएमाउद्योग बन्द गर्न आफु तयार रहेको बताउनुहुन्छ । एकथरिले उद्योग सञ्चालनहुँदा स्थानीयलाई रोजगारीको अवसर आउने भन्दै प्रदुशण कम गराएर उद्योग सञ्चालन गर्न सकिने बताइरहँदा अर्काथरि स्थानीयले उद्योगबन्दहुनपर्ने माग गरेका छन् । यस विषयमा वडा कार्यालयले पटक पटक छलफल गराउँदा समेत सहमति जुट्न सकेको छैन ।