अमेरिका । भारी वर्षाका कारण आएको बाढीले बगाएर अमेरिकाको मध्य टेनेसीमा २२ जनाको ज्यान गएको छ । उद्धारकर्ताहरूले भत्किएका घरहरू र भग्नावशेषहरूमा हराइरहेका मानिसहरूको खोजी गरिरहेका छन् ।

शनिबार आएको बाढीले ग्रामीण क्षेत्रका सडकहरू, सेलफोनका टावरहरू र टेलिफोन लाइनमा क्षति पुर्याएको छ । विस्थापित परिवारहरू आफ्ना आफन्तजनहरू जिवित छन् या छैनन् भन्ने अनिश्चयमा रहेको समाचार संस्था एपीले जनाएको छ ।

त्यहाँ २४ घण्टाभित्र ४३ सेन्टिमिटरसम्म वर्षा भएको नेसनल वेदर सर्भिसले जनाएको छ ।