एजेन्सी, ९ असोज ।इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले एशियाली पूर्वाधार लगानी बैंक (एआईबी) का अध्यक्ष जिन लिक्वनसँग सहकार्य र लगानीबारे छलफल गर्नुभएको छ । 

सोमवार इजिप्टको रेड सी रिसार्ट शहर शर्म अल शेखमा छलफल भएको हो । बैठकमा सिसीले विकास प्रक्रियामा इजिप्टको साझेदारको रुपमा विगतका वर्षहरुमा खेलेको महत्वपूर्ण भुमिकालाई ध्यानमा राख्दै एआईबीसँगको सम्बन्धका लागि इजिप्ट तयार रहेको बताउनु भयो । यातायात, स्वच्५ उर्जा र हरित अर्थतन्त्रमामा जोड दिन सहकार्यले मद्दत गर्ने बताउनु भयो ।