इटहरी । पछिल्लो समय पूर्वाञ्चलमा सौन्दर्य प्रतियोगीता हुने होडबाजी नै चलेको छ । प्रतियोगीताहरु संचालन भएसँगै बिक्रितिहरु पनि बढेको छ । प्रतियोगीहरुबाट पैसा असुल्ने तर विजेताहरुलाई भने तोकिए बमोजिम पुरस्कार प्रदान नगर्ने किसिमको बिक्रितिहरु छन् । 

यसैबीच बिक्रिति बिसंगतिलाई चिर्दै युवायुवतीमा भएको प्रतिभालाई अझ थप विभिन्न खाल्का तालिम प्रदान गरी ग्लोरी फिल्मले पूर्वाञ्चल भरीका युवायुवतीलाई लक्षित गरी ‘मिस्टर एण्ड मिस पूर्वाञ्चल २०२१’ सञ्चालनमा ल्याउने भएको छ । उक्त प्रतियोगीताको अडिसन खोर्सानेको सृजना क्याफेमा भोली (भाद्र ५) बाट हुने भएको छ ।  प्रतियोगीहरुलाई थोरै सुविधा दिने तर गुणस्तरिय दिने सौन्दर्य प्रतियोगीताका संयोजक सृजन निरौलाले बताए । 

यस प्रतियोगीतामा विजेता हुनेलाई नगद ३० हजार रुपैयाँ, ताज, ट्रफि, म्यूजिक भिडियो, फोटोसुट, छोटो चलचित्र, छात्रवृत्ति, तीन दिने होलिडे ट्रिप, जुम्बा कक्षा लगायतका पुरस्कार प्रदान गरिने संयोजक निरौलाले जनाए । प्रतियोगीतामा उपविजेता हुनेलाई नगद पुरस्कार बाहेक सम्पूर्ण पुरस्कार दिइने बताइको छ । न्यूजलय र रेड एफ एम मिडिया पार्टनर रहेको प्रतियोगीताको सहआयोजक कलाशाल इटहरी रहेको निरौलाले बताए ।