मोरङ ।   मोरङ सुन्दरहरैंचा नगरपालिका वडा नं. २ पथरघट्टाका कृष्ण खवास, जो समान्य परिवारमा जन्मिए । बुवा आमाले जेनतेन गरि रिक्सा चलाएर मजदुरी गर्दै २ छोरी र एक छोरालाई हुर्काए।उनी नै एक मात्र सपुत हुन्।  

  आर्थिक अवस्था कमजोर भएपनि बुवा बुधनारायण खवासले मजदुरी  गरेर नै कृष्णलाई निजि बिधालयमा पढाए। कृष्ण सानै देखि गायनमा रुचि राख्ने उनि पढाइमा  समेत जेहेन्दार बिधार्थी थिए।  आमfबुवा गाउँको भजन किर्तनमा जादाँ  त्यसैको  प्रेरणाबाट गायन क्षेत्रमा प्रवेश गरे।उनि महेन्द्र मोरंग बहुमुखी क्याम्पसमा  बिएसी गर्दा गर्दै  बि।स २०७० सालमा नेपाल टेलिभिजनको एनटी पल्सको नेपाल आइडल  गायन प्रतियोगितामा भाग लिएका थिए। त्यहाँबाट उनि सेकेण्ड रनर अप भए।  स्टेज कार्यक्रममा छाउदै,  पढ्ने उमेर हुदा हुँदै पनि बिभिन्न स्कुलमा पढाउने काम समेत गरे।    समृद्धि सुखी परिवारमा बाच्न कसको चाहना हुदैन । उनी युएईका लागि वैदेशिक रोजगारीमा पुगे। आफू भित्रको खुबिलाई मर्न दिएन  । 

युएईमा विभिन्न सांगितिक कार्यक्रममा समेत भाग लिए। उनी त्यहाँ बस्दा बलिउडका अनु मलिक, आदित्य नारायण, उदित नारारायण, नेहा ककर संग भेट गरे। आफ्नो कला र प्रतिभाका धनी अनि बिलक्षण स्वाभावका कृष्ण  जिटिभी को रियालिटी सो सारेगमाप को ९ औं संस्करणमा समेत भाग लिएर टप ४० सम्म पुग्न सफल भए।  उनी सोनि टेलिभिजनको इन्डियन आइडल सिजन १० को टप ४० मा पुगेका थिए भने सन २०१८  दुबई आइडल क्यामका च्याम्पमा भाग लिएर चौथौ बन्न पुगे।  त्यसै गरि एपी १ को नेपाल आइडल सिजन ३ मा टप ३० सम्म पुगे।  

पुर्बी नेपालका विभिन्न महोत्स्वमा समेत छाएर सांगीतिक क्षेत्रमा अघि बढ्दै बिभिन्न भाषा भाषीको गित गरेर ३०  वटा म्युजिक भिडियो समेत निर्माण गरि आफै मोडलको भुमिका गरेका छन। हिन्दी नेपाली थारु मराठी विभिन्न २० भाषामामा समेत गित गाएका छन्।  ूगालैमा डिम्पल,ू ूजीवन जिउनु अति उतमू, ूगर्लफ्रेन्ड बनिजोू , ूउजर अचाराू उनका चर्चित गित हुन्।  उनी अहिले अन्तराष्ट्रिय  स्तरको एनआरएनए गोलोबल सिगिङ्ग आइडलमा भाग लिएर टप २० मा पुग्न सफल भएका छन।  अहिले यो कार्यक्रम कतार र नेपालको काठमाडौबाट भईरहेको छ भने १० भन्दा बढी देशबाट २० जना छानिएका छन्।  

उनी भन्छ्न चुनौती नै मेरो लागि सफलता हो। मैले भारतको मुम्बई र युएईमा हुने सांगिती प्रतियोगोतामा भाग लिने अवसर पाए। एउटा गाउँमा जन्मिएको म बिदेशमा समेत गित गाउने प्लाटफर्म पाए। मेरो लागि ठूलो अवसर हो। मैले मेरो ठाउँ नाम राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा चिनाउन चाहन्छु।   

उनको परिवार समान्य स्तरको भएपनी बुवाआमाको सपना भने छोरा केही गरोस भन्ने चाहना थियो। आज बुवाकै प्रेरणाले गायक बन्न प्रेरित गराएको छ, कृष्ण भन्छन। 

गोलोबल सिगिङ्ग आइडलका लागि उनको आवाजा दमदार रहेको समेत निर्णायकले मुल्यांकन गरेका छन भने उनको भोटिङ कम भएको हुँदा भोटिङको लागि अनुरोध समेत गरेका छन। उनलाई भोटिङ गर्न मोबाईलमा रेस्पेट एण्ड राइज एप्प डाउलोड गरेर जीमेल फेसबुक मरफ्त खोलेर भितिंग कोद ५० मा  भोट गर्न सकिनेछ। 

यसका लागि सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकालले समेत एक भिडियो मार्फत सार्वजनिक गर्दै आफ्नो क्षेत्रका गहना गायक कृष्ण खवासलाई जिताउन भोटिंगको लागि अनुरोध समेत गरेका छन्।  अहिले कृष्ण खवास जिताउँ अभियान संचालन गरेर प्रदेश १ का बिभिन्न जिल्लाबाट उनको भोटका लागि सहयोग भैरहेको छ भने सुन्दरहरैंचाका युवा  सामाजिक अभियन्ता र उनका समर्थकले साथ दिएका छन्। 

‘नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउनुपर्छ र गैरआवासीय नेपालीहरूलाई नेपालसँग जोड्नुपर्छ भन्ने अभिप्रायले नै ग्लोबल एनआरए सिंगिङ आइडलको आयोजना गरेको हो  । ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।