धरान / सुनसरी धरान स्थित तिनकुने जंगलमा बसको ठक्करबाट एक महिलाकाे मृत्यु भएकाे छ । धरान उपमहानगरपालिका ८ स्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनामा मोटरसाईकल पछाडी सवार यात्रीको मृत्यु भएको हाे । मृत्यु हुनेमा ईटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४० बर्षीया मिरा देवी साह रहेकी छन् । मंगलबार बिहान साढे ९ बजे धरानबाट ईटहरी तर्फ आउदै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडीबाट आईरहेको को १ ख ५४३० नम्बरको बसले पछाडीबाट ठक्कर दिई बिपरित दिशाबाट जादै गरेको प्रदेश-१ -०२-०४०प ६४०५ नम्बरको मोटरसाईकल समेतलाई ठक्कर दिएको थियो ।
दुर्घटनाबाट मोटरसाईकल चालक मृतककै छोरा २५ बर्षीय बिमल साह समेत २ जना घाईते भई घोपा धरानमा उपचारको क्रममा दिउसो ११ बजे मिरा देवी साहको मृत्यु भएको छ, भने बिमलको सोही अस्पतालमानै उपचार भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ ।
दुर्घटनामा सम्लग्न तिनवटै सावारी साधन र बस चालक धरान १५ का ४२ बर्षीय प्रभु खड्का ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेकाे छ ।




















