काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको मोटरहेडको नयाँ अपग्रेडेड एमएच १५०आर मोटरसाइकल टेस्ट राइड गर्न सकिने सुविधा उपलब्ध छ । नेपालका लागि मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले देशभरका सोरुममा यो सुविधा उपलब्ध भएको बताएको छ । यो मोटरसाइकलको मूल्य २ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । 


केही दिन पहिले मात्र नेपाली बजारमा भित्रिएको यो मोटरसाइकलमा नयाँ सीजी १५० सीसीको इन्जिन छ । त्यसैगरी राइडरले यो बाइकमा इन्भर्टेड सक, डबल डिस्क ब्रेक, नयाँ डिजाइनको मफलर, टफ च्यासिस र सिंगल एक्सिस ब्यालेन्सरको अनुभव गर्न सक्ने छन् । 


रोबस्ट च्यासिस र नयाँ आकर्षक ग्राफिक्स जस्ता विभिन्न फिचरले भरिएको मोटरहेडको यो मोटरसाइकल किन्न चाहने ग्राहकका लागि फाइनान्स र एक्सचेन्जको सहज सुविधा भएको एसएलआर टेक्नो एन्ड ट्रेडले बताएको छ । 


ललितपुरको धोवीघाट, भक्तपुरको सल्लाघारी र काठमाडौंको बालाजूमा आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडको आफ्नै सुविधासम्पन्न शोरुम छ । काठमाडौंको टेकु र मित्रपार्क सहित देशभर कम्पनीले डिलर नेटवर्कमार्फत मोटरहेड बाइकको बिक्री, बिक्री पछिको सेवा तथा स्पेयर पार्ट्स सेवा उपलब्ध गराइरहेको छ ।


छिट्टै नै विर्तामोड, कावासोती, धादिङ र मन्थलीमा समेत थ्रीएस सेन्टर खोल्ने तयारी भइरहेको कम्पनीको भनाइ छ । हाल काठमाडौं उपत्यकाका साथै इटहरी, बुटवल, पोखरा आदि मुख्य सहरहरुमा मोटरहेडको थ्रीएस सेन्टर छ । आगामी दिनमा अन्य स्थानमा समेत थ्रीएस सेन्टर स्थापना गर्ने योजना रहेको बताइएको छ ।