बालगायक सन्देश पौडेलको स्वरमा बित्यो बालापन बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अभिभावक गुमाउँदाको कारण पढ्न नपाएको पिडा समेटिएको गीतको भिडियो सार्वजनिक भएको हो । 

गीतमा शब्द शर्मा ललिताले लेखेकी छिन् भने रमेश सुबेदीको संगीतमा विक्रम कार्कीले संयोजन गरेका छन् । गायक सन्देश पौडेल र सर्मिला शर्माको मर्मस्पर्शी अभिनय समेटिएको भिडियोमा नबिन गिरीको छायाँकन, अमृत चापागाईंको सम्पादन तथा प्रदिप रसाईंलीको निर्देशन रहेको छ ।   

यो सँगै बाल गायक सन्देशले आधा दर्जन भन्दा धेरै गितहरू गाइसक्नु भएको छ । प्राय गरेर नेपालमा अनाथ अनि सडक वालवालिकाले पढ्न नपाउदाको पिडा वाल्यकालमा आफन्त र घर गुमाउदा वालवालिकाले भोग्नु परेको यतार्थ परिवेसमा गहेर पाैडेलले  मातृ भक्ति ,देश भक्ति गितहरु गाउने गरेका छन् ।