काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संसदमा १ सय ६५ मत प्राप्त गरेका हुन् । 

हाल प्रतिनिधिसभाको कुल २ सय ७५ सदस्यमध्ये हाल २ सय ७० सांसद छन् । त्यसमध्ये बहुमत प्राप्त गर्न १ सय ३६ सांसदको मत आवश्यक पर्ने थियो । देउवाले पाएको यो मत आवश्यक संख्याभन्दा २९ जना बढी हो । 

देउवालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव तथा महन्त ठाकुर पक्ष, राष्ट्रिय जनमोर्चा तथा एमालेका करिब डेढ दर्जन सांसद समेतको समर्थन थियो । 

अहिले प्रतिनिधिसभामा एमालेका १ सय २१ जना, काँग्रेसको ६१ जना, नेकपा माओवादी केन्द्रका ४९ जना, जनता समाजवादी पार्टीका ३२ जना, राष्ट्रिय जनमोर्चामा १ जना, राष््िरय प्रजातन्त्र पार्टीका १ जना तथा नेपाल मजदूूर किसान पार्टीका १ जना सांसद छन् ।

सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतले आज देउवालाई विश्वास मत दिएनन् । भीम रावलले आजै राजीनामा दिएका थिए । योगेश भट्टराई लगायत पनि आज मतदान बहिस्कार गरे । 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देन र नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले पनि आजको मत विभाजनमा तटस्थ बसे । 

आजको मत विभाजनमा कुल २ सय ६५ मत खसेकोमा सबै मत सदर भएको थियो । त्यसमध्ये विश्वासको मतको पक्षमा १ सय ६२ मत प्राप्त हुँदा यसको विपक्षमा १ सय १ मत तथा तटस्थमा शुन्य मत प्राप्त भएको थियो ।