रामधुनी / सुनसरीको रामधुनी नगपालिकामा लाक्षित बर्गलाइ आएको खोप पहुँचका आधारमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका आफन्त लगाएको पाइएको छ ।
स्वास्थ्यमन्त्रालयबाट नै जेष्ठ नगरिकलाई भनेर पठाइएको कोरोना भाइरस विरुद्धको भेरोशील खोप रामधुनी नगरपालीकाका स्वास्थ्यका कर्मचारीले लाक्षित बर्गलाइ बितरण नगरी आफन्तलाइ बितरण गरिएको पाइएको हो ।
नगरपालीकामा एक महिना अगाडि लगाइएको पहिलो चरणको खोप र एक साता पहिला लगाइएको दोश्रो चरणको खोपमा मनोमानी गर्दै प्राथमिकता मिचेर पहुँचका आधारमा कोभिड खोप लगाइएको पाईएको हो । नेपाल सरकारले निर्धारण गरेको प्राथमीकतामा यो खोप ६२ वर्षदेखि ६५ वर्ष उमेर समुहका लागि छुट्याइएको थियो । तर, यस रामधुनी नगरपालिकाको स्वास्थ्य साखाका कर्मचारी नगेन्द्र पौडेलको नेतृत्वमा रहका टोलिको लेमहतोमा ३२ बर्षको उमेर बढाइ ६२ बनाई जनप्रतिनिधि र कर्मचारीका आफन्त र नजिककाले यो खोप लगाएको पाइएको छ ।
नगरपालिकाले यसरी खोप प्रदान गर्न थापलेपछि प्राथमीकतामा परेको समुहका कतिपय नागरिकले भने हाल सम्म खोप पाउन सकेका छैनन् । यसरी गैर समुहलाई खोप प्रदान गरेपछि स्थानीयले यस विषयमा सोधपुझ गर्दा स्वास्थ्या साखाका कर्मचारीले गरै जिम्वेवार जवाफ दिने गरेको भन्र्दै स्थानीयले आपती जनाएका छन् । ‘चैतको पहिलो हप्ता मैले कोभिडशील खोप लगाएको थिएँ’, रामधुनी नगरपालिका १ नम्बर वडाका जेष्ठ नागरिक झनक कार्कीले भने, ‘त्यसको दुई हप्ता पछाडी दोस्रो खोप आउँछ भनेका थियो । तर, अहिलेसम्म पाएको छैन । सुन्दै छु २०÷२१ वर्ष, ३५÷३६ वर्षकाहरुले लगाए रे १’ निश्चित उमेर समुहका लागि आएको खोपका विषयमा चरम लापरिवाही हुँदा पनि नगरले केहि नगरेकोमा आपत्ति जनाउँदै उनले नगरको बैठकमा यो विषयले प्रवेश पाउनुपर्ने बताए । त्यस्तै रामधुनीका युवा सत्यन्द्र न्यौपानेले भने, ‘त्यो खोप उमेर समुहलाई मात्रै नदिएर त्यसमा २१ वर्षदेखि ३६ वर्षसम्मकालाई दिइएको छ । कसरी दिइएको हो न ति ब्याक्ती सरकारले तोकिएको कुनै उमेर समुहमा पर्छन न ती फ्न्ड लाइनमा खट्ने नै हुन । स्बास्थ्य शाखाका कर्मचारीले कुन आधारमा खोप दिएका पैसामा किन बेच भएको हुन सक्ने नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृतलाई भनेका छौँ । चार दिनको अल्टिमेटम दिएका छौँ ।’ चित नबुझदो जवाफ आया यसको भागेदार स्वास्थ्य साखा हुनुपर्ने उनले बताए ।
दुई दर्जनको हाराहारीमा नगरपानिलका पुगेका युवाहरुले नगरले गरेको यो वेइमानीको चार दिन भित्र सत्यतथ्य बाहिर ल्याउन अल्टिमेटम दिएका छन् । साथै उनिहरुले नगर प्रमुखले अति आवश्यक भएकालाइ सिफारीसमा गरे पनि खोप नै नलगाइ र्फिता पठाएको आरोप समेत लगाएका छन् ।
यस विषयमा नगरपालिकाले पनि आफूबाट गल्ति भएको स्वीकारेको छ । अचम्मको कुरा त के भने नगरपालिकासँग अहिलेसम्म नगरमा कतिले खोप लगाए भनेर यकिन तथ्याङ्गक पनि छैन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपानेले नगरले राखेको तथ्याङ्गक रुजु गर्ने र गल्ति भएको पाइए उसलाई कारबाही गर्ने बताए । कोरोनाको भाइरसको खोप लागउँदा हामीले विभिन्न युनिटबाट बितरण गरेको थियौ । त्यो खोप लगाउने क्रममा केहि कमिकमजोरीहरु भएका छन् । त्यसलाई हामी सच्याएर चार दिन भित्र हाम्रो सार्वजनिक गछौँ ।’
नगरमा कतिले खोप लागाए तथ्याङ्कक नै छैन
नेपाल सरकारे देशै भरका स्थानीय तहलाइ आवश्यक्ता अनुसार बिभिन्न चरणमा खोप पठाएको थियो । सोही अनुरुप सुनसरीको रामधुनी लगाएतको सबै स्थानीय तहमा खोप आएको थियो । तर सुनसरीको सबै स्थानीय तहले खोप नदोहोरी गरी खोप बितरण गरी तथ्याङ्कक संकलन गरे पनि रामधुनीमा हाल सम्म कति र कुन उमेर समुहले खोप लगाए कुनै तथ्याङ्कक छौन । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्या सेवा बिभागले बितरण गर्न दिएको खोप कार्डमा समेत खोपको नाम लगाएको मिती कुन कुन मितीमा खोप हानेको केही पनि तथ्याङ्कक छौन् । करिब १ महिनाको परकमा लगाउनु पर्ने यो खोप कुन मितीमा लागाइएको हो र पुन कहिले लगाउनुपर्ने कुनै मिती नतेकी खेप बितरण गरिएकोे पाहियको हो । यसरी खोप बितरण गर्दा ब्यातीको स्वास्थ्यामा कुनै प्रकारको असर परेका कस्ले जिम्मा निले भन्ने बिषय चर्चामा आएको छ ।




















