विश्व बैंकले कोरोना विरुद्धको खोप खरिदका लागि नेपाललाई आर्थिक सहायताको प्रतिबद्धता जनाएको छ । भर्चुअल पत्रकार सम्मेलनमा विश्व बैंकका नेपाल निर्देशक फरिस हदाद जर्भोसले नेपालले अनुदानमा उपलब्ध गराइने खोपको प्रतिक्षा गर्न नहुने बताउदै सहयोगको प्रतिवद्धता जनाए ।

निर्देशक फरिसले कोभ्याक्स संयन्त्रले सेकेन्ड विन्डो कार्यक्रममार्फत वितरण गर्ने खोप खरिद गर्नुपर्ने समेत बताए । विश्व बैंकले यसअघि अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनबाट हुने खोप खरिदमा आर्थिक सहायताको प्रतिबद्धता जनाएको थियो । निर्देशक फरिसले नेपालले पैसाकै कारण खोप ल्याउन ढिलाइ हुन नहुने बताए । नेपाललाई खोप खरिदका लागि आवश्यक पर्न सक्ने २६० मिलियन डलर सहयोग गर्न बैंक तयार रहेको उनको भनाई थियो ।

नेपालको कूल जनसंख्याको ७२ प्रतिशत अर्थात ३० मिलियन जनसंख्यालाई २ डोज खोप लगाउन ४४ मिलियन डोज खोप जरुरी हुन्छ । कोभ्याक्सले प्रतिबद्धता जनाएको १३ मिलियन डोजले नेपालको २० प्रतिशत जनसंख्यालाई लगाउन पुग्छ ।