इटहरी, सुनसरी जिल्लामा निषेधाज्ञा थप खुकुलो बनाइएको छ । सोमबार जिल्ला प्रशासन कार्यलय सुनसरीको बैठकले सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्दै निषेधाज्ञालाई जारी राखेको छ ।
प्रशासनको निर्णयसँगै कोरोना संक्रमणको कारण बन्द भएको सवारी साधन असार २३ गतेबाट संचालनमा आउने भएको छ ।
त्यसै गरी प्रशासनले राजमार्ग आसपासका होटल तथा रेष्टुरेण्ट पनि बिहान ८ बजेखि बेलुका ७ बजेसम्म संचालन गर्न पाइने निर्णय गरेको छ ।प्रशासनले जारी निषेधाज्ञालाई भने असार ३१ गतेसम्म गते सम्म पुर्याएको छ ।






















