लगातारको वर्षाका कारण इटहरीमा डुबान भएको छ । लगातार परेको बर्षका कारण डुबान मात्र नभई इटहरीको मुख्य चोकबाट विराटनगर जोडने सडक समेत अवरुद्ध बनेको छ । आज रातिदेखि लगातार परेको वर्षाका सडकमा पानिको भेल पसेका कारण र बाटो निमार्ण हुदै गरेकाले बाटो अवरुद्ध बनेको हो । विराटनगर लाइनको साथि प्रेट्रोल पम्प अगाडिको बाटो बाढिका कारण जोखिम भएकाले मुख्य चोकवाटनै यातायात अर्को बाटो मार्फत बाइपास गरी पठाइएको थियो ।
विशेषगरी इटहरीको बुढीखोला, टेङ्ग्रा खोला, खेतीखोला लगायतका स्थानमा पानीको सतह बढेकाले इटहरीका केही क्षेत्र डुबानमा परेका छन् ।






















