नेपाल लगायत केही देशमा विवाहको दिनमा बेहुली रुने परम्परा सदियौ देखि चलिआएको छ । हिन्दू परम्परा अनुसार विषेशगरी दुलही वा छोरीलाई विदाई गर्ने क्रममा रुवाबासी हुने गर्छ । छोरीलाई पराइघर पठाउने बेलामा माइती पक्ष धुरुधुरु रुने अझै पनि चलन छ ।

तर, भारतको ओडिसामा भने रुने मात्र होइन विवाहको दिनमा बेहुलीको रुदाँ रुदै मृत्यु समेत भएको छ । भारतीय समाचार अनुसार यो घटना ओडिसाको सोनपुरको हो । मुरली साहुको छोरीको बलांगीर जिल्लाको टेटलगांव निवासी बिसीकेसनको साथमा विवाह भइरहेको थियो । विवाहको सम्पुर्ण कार्यक्रम हुँदै गएर विदाईको समय भएको थियो ।

दुलही लगातार रोहिरहेकी थिइन् । धेरै रुदाँ रुदाँ बेहुली बेहोस भएर भुईमा लडिन् । आफन्त कोहीले पानी छम्किन थाले त कसैले मालिस गर्न थाले । तर उनी ब्युझिनन् । त्यति गर्दा पनि नभएर उनलाई स्वास्थ्य चौकी लगियो तैपनि उनलाई डाक्टरले बचाउन सकेनन् ।

डाक्टरले युवतीको मृत्यु हर्ट अट्याकबाट भएको बताएका छन् । प्रहरीले पोस्र्टमार्टम गरेपछि युवतीको शव परिवारलाई बुझाएको छ । बेहुलीको निधन पछि वरपरका गाउँ सबै शोकमा डुबेका छन् । एजेन्सी