इटहरी,  धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार, आर्थिक अपारदर्शिता र बेथिति विरुद्ध आन्दोलनरत प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरुले प्रतिष्ठानका पदाधिकारीहरुलाइ मंगलबार अपरान्ह कार्यकक्षमा थुनेका छन् । प्रतिष्ठानका उपकुलपतिप्रा. डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्षप्रा. डा. गुरु खनाल र रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मीलाइ आन्दोलनरत चिकित्सक तथा कर्मचारीहरुले उपकुलपतिको कार्यकक्षमावार्ता भइरहेको अबस्थामा थुनेका हुन । पदाधिकारीहरु थुनिए पछि प्रतिष्ठान परिसरको स्थिति असामान्य बनेको थियो ।

लामो समयदेखि प्रतिष्ठानमा भइरहेको अनियमितता र बेतिथिका विरुद्ध आन्दोरन गरिरहेका प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरुले संयुक्त संघर्ष समिति बनाएर आइतबार देखि रिले अनसन शुरु गरेका थिए । प्रतिष्ठानमा व्याप्त बेथिति, अव्यवस्थापन र भ्रष्टाचारजन्यअपराधमा प्रतिष्ठानका उपकुलपति गिरी, रजिष्ट्रार रेग्मी लगायतको प्रत्यक्ष संलग्नता रहेको आरोप छ । प्रतिष्ठानका अधिकांश पदाधिकारीहरुले नियुक्ती लिदा नै करोडौ रकम बुझाएर आउने गरेका छन् । त्यहीभएर पनि प्रतिष्ठानमा आउने अधिकांश पदाधिकारहिरुले प्रतिष्ठान सुधार गर्ने भन्दापनि कसरी अधिकभन्दा अधिक कमाउने भन्ने तर्फ केन्द्रीत हुने गरेको देखिन्छ ।

प्रतिष्ठानमा निरन्तर र नियमित रुपमा बेतिथि र अनियमितता बढिरहे पछि सुधारकालागिमाग राख्दै आन्दालनगरिरहेका समितिका सहसंयोजक डा. विष्णु पोखरेलको नेतृत्वको टालीलाइ पदाधिकारीहरुले बार्ताको लागिबोलाएकाथिए । बार्ताका लागि पुगेका प्रतिनिधिहरुले उपकुलपति गिरीले मादकपदार्थ सेवन गरेको आरोप लगाएका छन् । उपकुलपतिगिरीले मापसे गरेकै कारण बार्ता भाडिएको समितिका प्रतिनिधिहरुले बताएका छन् । यस क्रममा उनीहरुले प्रतिष्ठान सुधार्न नसकेको आरोप लगाउदै तीनै जना पदाधिकारीहरुलाइ कार्यकक्षमै थुनेका थिए । पदाधिकारीहरुलाइ थुनामुक्त गराउन प्रतिष्ठानमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्रप्रहरी परिचालन गरिएको थियो भने उपकुलपतिको कार्यकक्ष अगाडि सयौको संख्यामा प्रतिष्ठानका चिकित्सकतथाकर्मचारीहरु आन्दोलित छन् । आन्दोलनकारीसँग वार्ता गर्नुअघि उपकुलपति गिरीसहितका पदाधिकारीबीच विभिन्न चरणमा लामो छलफल भएको थियो। उनीहरूबीच छलफलपछि मात्रै आन्दोलनकारीलाई वार्ताका लागि डाकिएको थियो। उपकुलपति गिरीसँग मंगलबार रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मी र शिक्षाध्यक्ष प्रा. डा. गुरु खनाल साथैमा थिए ।आन्दोलनकारीसँग वार्ता गर्नुअघि नै जानकार अन्य पदाधिकारीले उपकुलपतिलाई किन रोकेनन ? आन्दोलनकारीहरू भने अन्य दुई पदाधिकारीले उपकुलपतिलाई कुनै न कुनै रुपमा दोषी देखाउन पाए आफूहरूको दिन फर्कने ठानेर मदिराले मातेका उनलाई वार्ताका लागि उक्साएको हुन सक्ने बताउँछन्। संस्था हाँक्ने जिम्मेवारी पाएका पदाधिकारी स्वयंले त्यसलाई व्यक्तिगत स्वार्थपूर्ति गर्ने थलो बनाउँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान निरन्तर दुर्घटना उन्मुख बन्दै गएको छ ।

पदाधिकारीहरू बीचमै एकता भने छैन ।एक–अर्काबीच चरम अविश्वासबाट गुज्रिरहेका उनीहरूबीचमा को अघि बढ्ने भन्ने प्रतिस्पर्धा रहेको आन्दोलनकारीको भनाइ छ । मंगलबारको घटनाले यसलाई थप पुष्टि गरेको छ । यसै वीच उपकुलपति गिरीले आफूले मादकपदार्थ सेवननगरेको दावी गरेका छन् । उनले आफूलाइ बदनाम गराउन केही समयदेखि परिचालित गिरोहले अफवाह फैलाएको बताए । प्रतिष्ठानका एक चिकित्सकका अनुसार प्र्रतिष्ठानका उपकुलपति गिरी र रजिष्ट्रार रेग्मी वीच लामो समयदेखि द्धन्द्ध रहेको छ । रजिष्ट्रार रेग्मी कुनै पनि हालतमा उपकुलपति गिरी लाइ विवादित र बदनाम गराएर कुनै अनियमिततामा फसाएर पदमुक्त गराइ आफू उपकुलपति बन्ने दाउमा छन् ।त्यहीभएर पनि उपकुलपति गिरीलाइ मापसे गरेको आरोप लगाइ बदनातिम गराउने यो अभियानमा रजिष्ट्रार रेग्मीकै संलग्नता रहेको चर्चा हुन थालेको छ । प्रतिष्ठानका उपकुलपति र रजिष्टार्ड बिचको मनमुटाव अहिले देखिको होइन् । रजिष्टार्ड रेग्मी नियुक्ति भएर आएको ३ महिनामै उपकुलपतिले केही आर्थिक अधिकार कटौति गरिदिए पछि उनीहरु दुवै बिच दुरी बढेको थियो । भ्रष्टाचार र अनियमिततामा डुबेको धरान स्थिा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुख्य पदाधिकारीहरु कोरोना महामारीमा पनि कमिशनमा मिल्न नसक्दा नागरिकको स्वास्थ्य सेवा माथि खेलवाड गरिरहेका छन् ।