काठमाडौं / पछिल्लो २४ घण्टामा थप २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६,६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १,५०९ र ४,९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २,४४४ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ । त्यस्तै ३,८५३ जना संक्रमणमुक्त भएका छन् ।




















