मोरङ । मोरङको कानेपोखरी लोटाङ विचको जंगलमा एक युवाको शव फेला परेको छ । 

 धनकुटा लेगुवाका ३० वर्षिय उमेश मिश्रको शव झुडिएको अवस्थामा निगुरो टिप्ने जानेले देखेर प्रहरीलाई खवर गरेको आफन्तले बताए ।

७ बर्ष देखि इटहरीमा  बस्दै जिप्सन जडानको काम गर्दै आएका मिश्र ११ गते ११ बजे सम्म सम्पर्कमा रहेको आफन्तले बताए । राति घर नआएको र सम्पर्क हुन नसके पछि चारै तिर खोजि भएको थियो ।

१२ गते ४÷५ बजे तिर कानेपोखरी लोटाङ विच बाटोको २÷३ सय मिटर भित्र जंगल शव निग्रो टिप्नेले भेटेका थिए । आफन्त श्याम बाबु काफ्लेका अनुसार शव वरिपरिको अवस्था हेर्दा घटना शंकास्पद रहेको बताए ।

  शव वरिपरि मडारिएको, हात र खुट्टामा डोरीले  बाधे जस्तो डाम, हात, खुट्टा र शरिरमा निलडाम र खुट्टामा रगत देखिएको देखिएको र भुइ टेकेको अवस्थामा शव रहेकोले कसैले मारेर झुडाएको शंका आफ्न्तको छ । मिश्रले कुदाउने मोटर साइकल बाटोको छेउजंगल भित्र रहेको र वरिपरि अन्य ३÷४ वटा मोटर साइकल घुमाएको छाप रहेको काफ्लेले बताए ।  

घटनाबारे इलाका प्रहरी कार्यलय पथरीमा बुझदा प्रमुख डिएसपी कृष्ण खड्कालाई बुझ्नु भने पनि डिएसपी खड्काको फोन उठेन ।