इटहरी । भाडाको घरबाट सेवा दिदै आएको यातायात व्यवस्था कार्यालय कोशी सवारी चालक अनुमतिपत्रले अहिलेकै भवनबाट सहज रुपमा सेवा दिन नसकिने भन्दै अनेत्र सार्ने भएपछि ड्राइभिङ्ग व्यवसायीहरुले विरोध गर्न थालेका छन ।
सेवाग्राहीहरुको अत्याधिक चाप हुने सवारी चालक अनुमति पत्र कार्यालयको पार्किङ्ग र सेवाग्राहीको लाईनका लागि किमाथांका रानी व्यापारीक सडक विस्तारले सागुरो बन्न पुग्दा सेवा प्रवाहमा सहज नहुने भन्दै सार्न लागिएको हो ।
व्यापारी सडक आयोजना अन्र्तगत रहेको रानी विराटनगर इटहरी धरान सडक योजनाले हाल रहेको नाला भन्दा पाँच मिटर खाली गरिदिन पत्रचार गरेका कारण समेत पहिलेको अवस्थामा सेवा दिन सकिने अवस्था नरहेकाले कार्यालय सार्न लागिएको कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटा वताउछन । 
उनले योजनाले भने बमोजिम पाँच मिटर खाली गर्दा अहिलेकै अवस्थामा सेवा प्रवाह गर्न नसकिने तथा आफनै भवन निर्माण सम्पन्न हुन अझ डेढ वर्ष लाग्ने निर्माण कम्पनीले लिखित जानकारी गराएको कारण वाध्य भएर कार्यालय सार्न लागेको जानकारी गराए ।
कोशी राजमार्गसंगै जोडिएको सवारी चालक अनुमतिपत्रको सेवा लिन आउदा पार्किगंको प्रयाप्त व्यवस्था नभएको तथा सेवाग्राहीको चाप धेरै हुने हुँदा सडकमै पाकिगं गर्नु पर्ने तथा सडक मै लाईन वस्नु पर्ने वाध्यता रहेको सेवाग्राही समेत वताउछन । सेवाग्राहीहरुको चाप हुने कार्यालयहरु राजमार्गमै जोडिने गरी राख्नु नहुने तथा सेवाग्राहीलाई सहज हुने गरी हुनु पर्नेमा सवारी चालक अनुमतिपत्रमा पाकिगंको व्यवस्था नभएकाले सडकमै पाकिङ्ग गरेर सेवा लिन वाध्य भएको धनकुटाका ज्ञानवहादुर कटुवाल वताउछन ।
यता ड्राइभिङ्ग स्कुल संघ प्रदेस नम्बर १ र सुनसरी मोरगंले कार्यालय पटकपटक सारिरहदा सेवाग्राहीलाई समस्या हुने तथा आफुहरुको पेशामा समेत असहज हुने भन्दै कार्यालय सार्ने तयारीको विरोध गर्दै आएको छ ।
कार्यालयले भने कार्यालय सार्नका लागि इटहरीको मुख्य चौक भन्दा २किलो मिटर भित्र कार्यालय सञ्चालनका लागि उपयुक्त हुने घर भाडाका लागि आवश्यक रहेको सुचना जारी गरिसकेको छ ।
स्मार्ट कार्ड वितरण वैकिङ्ग र वायोमेट्कि कक्ष सेवाग्राहीलाई सेवा लिन लाईन वस्न फराकिलो ठाउँका रुपमा रहेको राजमार्ग तर्फका कोठाहरुबाट सेवा दिदा सेवाग्राहीहरुको लाईन राजमार्ग सम्म पुगेको देखिन्छ ।
सेवाग्राहीले पाकिंङ्ग समेत सडकमा गर्दा ट्राफिक व्यवस्थापनमा समेत समस्या हुदै आएको छ ।




















