इटहरी , राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका केही स्थानमा मौसम हल्का परिवर्तन भइ अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, केही पहाडी तथा उच्च हिमाली जिल्लामा पनि हावाहुरीसहित हल्का वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
त्यसैगरी प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन रचट्टयाङसहित भारी वर्षाको सम्भावना छ । त्यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा पूर्वानुमान महाशाखाले जनाएको छ ।




















