इटहरी उपमहानगरपालिकाको आर्थिक वर्ष २०७८/७९ का लागि २ अर्ब १७ कारोड ४५ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । बिहिबार इटहरीको लायन्स क्लबको भवनमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरिएको हो । उपप्रमुख लक्ष्मी गौतमले जारी गरेको बजेटमा स्वास्थ्यलाई विशेष जोड दिएको छ ।




















