इटहरी । सुनसरीमा स्थानीय प्रशासनले लगाउदै आएको निशेधाज्ञा खुकुलो गर्दै सम्पुर्ण पसलहरु विहान ५ बजे देखि १२ बजे सम्म सञ्चालन गर्न दिने निर्णय गरेपनि प्रशासनले तोकेको समयमा व्यापार व्यवसायका लागि उपयुक्त नभएको व्यवसायीहरुले गुनासो गरेका छन ।

  उपभोक्ताहरुको आवश्यकतालाई ध्यानमा राखेर स्थानीय प्रशासनले विहान ५ बजे देखि दिउँसो १२ वजे सम्म पसल सञ्चालन गर्न दिने निर्णय गरेपनि व्यवसायीहरुले प्रशासनले तोकेको समय सिमा उपयुक्त नभएको गुनासो गरेका हुन ।20210622_111244

  व्यापारीहरुले विहानको समयमा पसल खोल्दा र बन्द गर्दैमा समय वित्ने भन्दै समयावधि वढाउनु पर्नेमा जोड दिन थालेका छन । 

   पसल खोल्न दिएपनि सिटी सफारी समेत सञ्चालन गर्न नदिने जस्ता कार्यले ग्राहकहरु आउन नपाउदा व्यापार व्यवसाय नहुने भन्दै विहान १० वजे देखि दिउँसो २ बजे सम्म सञ्चालन गर्न दिनु पर्ने इटहरीका व्यापारी नारायण भट्टराई वताउछन ।

व्यापारीहरुले सरकारलाई कर वुझाउन , वैकलाई व्याज वुझाउन र घर भाडा वुझाउनकै लागि व्यवासय सञ्चालन गर्न दिए जस्तो लागेको अर्का व्यवसायी विश्व खतिवडा वताउछन । व्यवसायी खतिवडा सरकारले व्यवसायीलाई कर छुट, वैक व्याज छुट राहतका प्याकेज ल्याउनु पर्ने सुझाव दिए ।

  प्रशासनले निशेधाज्ञा खुकुलो वनाएसंगै सुनसरीमा मानवीय चहलपहल अधिक वढेको देखिन्छ । 

  प्रशासनले सार्वजनिक सवारी वाहेक अन्य सवारी साधनलाई तोकेर सञ्चालन गर्न दिने निर्णय गरेसंगै सवारीको चाप समेत अप्रत्यासी रुपमा वढेको छ ।